उपाध्यक्ष गौतमले बुधबार औपचारिकरुपले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्नुहुँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने तयारी गर्नुभएको छ । आफ्नो अभियानले पार्टी एकतामा थप बल पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । अभियानबारे सोमबार गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै उपाध्यक्ष गौतमले अभियान घोषणाको सबै तयारी पूरा भइसकेकाले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी औपचारिक रुपले अभियान घोषणा गरिने जानकारी दिनुभयो । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता गराउन आफ्नो भूमिका नेतृत्वदायी भएको स्मरण गर्दै नेता गौतमले यस अभियानले करिब फुटको अवस्थामा पुगेको नेकपालाई एक बनाउने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन आयोगले आइतबार नेकपाबारे गरेको निर्णयले आफ्नो अभियानलाई थप बल पुगेको गौतमले बताउनुभयो । आयोगको निर्णय स्वागतयोग्य छ उहाँले भन्नुभयो । आयोगले आइतबार आफ्नो धारणा सार्वजनिक गरेपछि अब पार्टी नेता तथा कार्यकर्ताको ध्यान सर्वोच्च अदालतको फैसलातिर रहेको बताउँदै नेता गौतमले सर्वोच्चको फैसलापछि आफ्नो अभियान थप सशख्त पार्ने बताउनुभयो । आफ्नो नेतृत्वको सो अभियानको सहसंयोजक पूर्वमन्त्री हरि पराजुली र सदस्यसचिव नेता बाबुराम थापा रहेको जानकारी दिनुहुँदै नेता गौतमले अभियान औपचारिकरुपमा घोषणा भएपछि पार्टीको ठूलो हिस्सा अभियानमा समाहित हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष केपी शर्मा ओली पक्षका अधिकांश नेताहरु पार्टी एकताको पक्षमा रहेको आफूले भेटेको बताउनुहुँदै नेता गौतमले प्रचण्ड–माधव पक्षका नेताहरु पार्टी फोडेरै जानुपर्ने पक्षमा देखिएको प्रष्ट पार्नुभयो । नेकपाको अन्तरिम विधानले पार्टी फुटाउन पनि दुई अध्यक्षको राजीखुशी अनिवार्य रहने व्यवस्था गरेकाले झगडा गरेर पार्टी फुट्न नसक्ने बताउनुभयो । पार्टी फुटाउन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पु¥याउनुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले तत्काल पार्टी फुट्न नसक्ने उहाँले दावी गर्नुभयो । पार्टी एकता अभियानले दुई अध्यक्षबीचको आपसी तिक्ततालाई हटाउन सहयोगी भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित सामग्री

नयाँ पार्टी खोलेसंगै ओलीसंग गौतमको भेटघाट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच बिहिवार ओली निवास बालकोटमा भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँगको भेटमा संयोजक गौतमले आफ्नो तीन महिने अभियानको बारेमा जानकारी गराउँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको बताइएको छ । गौतमले आफ्नो अभियान र एकताका बारेमा कुरा …

बामदेवले गरे नयाँ पार्टी खोलेको घोषणा, छोरा र श्रीमती केन्द्रीय सदस्य

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उनले 'नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान' नामक पार्टी खाेलेकाे घोषणा गरेका हुन्।...

वामदेव गौतमको पार्टीको नाम : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान

काठमाडौं : वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्। नेकपा एमाले त्याग गरेर वाम एकताको अभियानमा लागेका गौतमले आज नयाँ पार्टी घोषणा गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रमा उनले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन्। पार्टीको संयोजकमा वामदेव गौतम आफै छन्। पार्टीको केन्द्रीय कमिटीमा ७५ जना सदस्य…

यी हुन् वामदेव गौतमको पार्टीका केन्द्रीय सदस्यहरू (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टीको घोषणा गर्दै छन् । सम्बन्धित समाचार : नयाँ दल घोषणा गर्दै गौतम काठमाडौँमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिकरूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन […]

नयाँ पार्टी घोषणा गर्दै वामदेव

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले नयाँ पार्टीको घोषण गदैछन्। नेकपा एमालेका पूर्वनेता गाैतमले आज मंगलबार दिउँसो ३ बजे रिपोर्टस् क्लबमा पत्रकाकार सम्मेलन गर्दै नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन्। यो पार्टीमा निर्वाचन आयोगमा यस अगाडि दर्ता भइसकेका समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपवा […]

माधव नेपालको एमाले समाजवादीलाई वामदेव गौतमको समर्थन

पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले समाजवादीलाई समर्थन गर्ने भएका छन् । एकता अभियानको कार्यसम्पादन समितिको बिहीबारको बैठकमा गौतमले नेपाल नेतृत्वको...

वामदेवको 'पार्टी एकता राष्ट्रिय अभियान' घोषणा कार्यक्रम तस्बिरमा हेर्नुहोस्

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ ।ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त भएका बेला गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरे...

वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेकोले आफूले राष्ट्रिय एकता अभियानको घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताउनुभएको छ । पहिले एकतामा आउन नसकेका र छरिएर रहेका वि...

पार्टी एकता अभियानमा गौतम

काठमाडौं । नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गरेका हुन्। पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगाडि आएको गौतमले वक्तव्यमार्फत जनाएका छन्। ‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको