काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफुहरु नेपाली काँग्रेस र जनत...