चुनावी बहसका लागि देउवालाई ओलीको चुनौती, भने– म तयार छु, तपाईँ तयार हो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लाइभ डिबेटका लागि चुनौती दिएका छन्। निर्वाचनको समयमा पश्चिमा देशहरुमा उम्मेदवारहरुबीच बहस हुने गरेको उल्लेख गर्दै ओलीले आफू त्यसका...

सम्बन्धित सामग्री

फेसबुकबाट देउवालाई ओलीको चुनौती- 'देउवाजी, लाइभ डिबेटका लागि तयार हो ?'

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावकेन्द्रित बहसमा आउन चुनौती दिएका छन् ।

‘लाइभ डिबेट’मा आउन देउवालाई ओलीको चुनौती

१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् । पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख […]

देउवालाई 'लाईभ डिबेट'मा आउँन ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लाइभ बहसको लागि आउँन चुनौती दिएका छन्। विदेशमा निर्वाचन अगाडी 'लाईभ डिबेट' को अभ्यास रहेको र सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले आफुलाई 'लाईभ डिबेट'मा आउन आग्रह गरेकोले ओलीले आफु यसको लागि तयार रहको बताएका हुन्।अध्यक्ष ओलीले  एजेण्डामा आधारित बहसका लागि आफु तयार रहेको बताउदै देउवालाई बहसमा आउँन चुनौती दिएका छन्। ओलीले देउवा यसको लागि तयार हो कि होइन भन्दै प्रश्न समेत गरेका छन् । अध्यक्ष ओलीले भनेका छन् ' सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाईभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?'आगामी मङ्सिर ४ गते निर्वाचनमा एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ । तर गठबन्धनले पनि भावी प्रधानमन्त्रीको रुपमा एउटा मात्र नाम प्रस्ताव गर्न सकेको छैन ।  गठबन्धनबाट कांग्रेस भित्रै प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी छन् भने मावोबादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल पनि प्रधानमन्त्रीका आकाक्षी हुन् ।विदेशमा प्रधानमन्त्री वा राष्ट्रपतिका प्रस्तावित उम्मेदवारबीच खुला बहस हुने गरेको छ । ओलीले पनि विदेशमा हुने जस्तै गरि एजेण्डामा आधारित लाइभ डिबेटको लागि देउवालाई निम्तो दिएका हुन् ।

प्रचण्ड-माधवलाई ओलीको चुनौती : गत वर्षको सडक अराजकताप्रति जनतासँग माफी माग

नेकपा एमालेले स्थानीय तह निर्वाचनअघि संसदको निर्वाचन गर्ने भनेर सत्ता पक्षबाट फालिएको कार्ड चुनाव नगर्ने गलत नियत भन्दै आफू जहिले निर्वाचन भए पनि सामना गर्न तयार रहेको प्रष्ट पारेको छ ।