संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ?

काठमाडौँ : सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्‍मा दर्ता भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको हो ।सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ ।संसद्‍मादर्

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।बुधबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक,२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि छ।...

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौं । लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।  विधेयक पेस गर्दै मन्त्री जोशीले राज्यको पुनःसंरचना सँगसँगै प्रशासनिक पुनःसंरचना प्रस्ताव सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन, व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न कानुन ल्याइएको बताए । उनले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरूप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।  मन्त्री जोशीले निजामती कर्मचारीलाई राजनीतिकरूपमा तटस्थ, पेसागतरूपमा सक्षम, समावेशी, व्यावसायिक, सहभागितामूलक, उच्च मनोबलयुक्त र नैतिकवान् बनाइ राज्यका तर्फबाट प्रदान गरिने सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गरिनु वाञ्छनीय भएकाले विधेयक ल्याइएको बताए ।  उनले निजामती सेवालाई राष्ट्रहित, सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिकरूपमा तटस्थ, पेसागतरूपमा सक्षम, सुदृढ, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रूपमा व्यवस्था गर्न आवश्यक भएकाले सङ्घीय निजामतीसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको बताए । मन्त्री जोशीले विधेयकले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सहज हुने बताए ।  त्यसअघि ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । सरकारले गत फागुन २१ गते ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सङ्घीय संसद्मा दर्ता गरेको थियो । रासस

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा प्रस्तुत

सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्नुभएको हो ।

प्रतिनिधि सभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पेश हुने

यस्तै ‘निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।...

कानुन मन्त्रालय पुग्यो सङ्घीय निजामती सेवा विधेयक

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलबार प्रधानमन्त्रीले डाकेको मन्त्री र सचिवहरूको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा र सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको खोजीपछि बिहीबार(आज) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक कानुनमा पठाएको सूचना प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त […]

संघीय निजामती सेवा विधेयकमा सूचना प्रविधि सेवा थपको आवश्यकता र महत्व

स्थायी सरकारको रूपमा चिनिन्ने निजामती कर्मचारीको छनौट, वृत्ति विकास लगायत अन्य पक्षहरुकोदीर्घकालिन रूपमा कानुनतः व्यवस्थापन गर्ने उद्देश्यले जारी हुन लागेको सङ्घीय निजामती सेवा विधेयक नेपालको हाल बहुप्रतिक्षित महत्त्वपूर्ण कानुनहरूमध्ये एक हो । नेपालमा गणतन्त्र स्थापना भए पश्चात् नेपालको संविधान बमोजिम जारी हुन लागेको उक्त विधेयकको आफ्नै विशेष महत्त्व छ । किनकि यसैका आधारमा प्रदेश र […]

‘सहायक सचिव’को प्रावधान गरिँदै

काठमाडौँ । निजामतीमा ‘सहायक सचिव’को व्यवस्था गरिने भएको छ ।  ‘सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक’ संसदबाट फिर्ता लिएसँगै सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा सो व्यवस्थाबारे छलफल भएको हो ।  सम्बन्धित समाचार : ‘सङ्घीय निजामती सेवा विधेयक’ फिर्ता लिने सरकारको निर्णय, अध्यादेश ल्याउने तयारी ‘सहसचिवबाट सचिवमा बढुवा भएसँगै सहायक सचिव(विशिष्ट श्रेणी) बनाउने र प्रदेश पठाइने छ’, […]

‘सङ्घीय निजामती सेवा विधेयक’ फिर्ता लिने सरकारको निर्णय, अध्यादेश ल्याउने तयारी

काठमाडौँ । सरकारले संसदमा पेस भएको ‘सङ्घीय निजामती सेवा विधेयक’ फिर्ता लिने निर्णय गरेको छ ।  मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि संसदमा रोकिएको ‘सङ्घीय निजामती सेवा विधेयक’ फिर्ता लिने निर्णय गरेको बालुवाटार उच्च स्रोतले प्रशासन सिंहदरबार ब्युरोलाई जानकारी दिएको छ ।  ‘सरकारले पुरै नयाँ बनाएर पुनः पेस गर्न पनि सक्छ’ […]

सङ्घीय निजामती सेवा ऐनको अभावः कर्मचारीको वृत्ति विकासमा अवरोध

काठमाडौं, साउन १४ । सङ्घीय निजामती सेवा ऐन नबन्दा प्रशासनिक सङ्घीयता कार्यान्वयनमा शिथिलता आएको छ । ऐनको अभावमा सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा अवरोध भएको छ । सङ्घीय निजामती सेवा विधेयक लामो समयदेखि संसद्मा विचाराधीन छ । सङ्घीय निजामती सेवा ऐन केन्द्रीय प्रशासन सञ्चालन गर्ने छाता ऐन […]

निजामती सेवा विधेयक चाँडै

संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा विधेयक आगामी बैठकले पारित गर्ने भएको छ । एक लाख कर्मचारीको भविष्यसँग जोडिएको सङ्घीय निजामती सेवा विधेयक १० महिनादेखि संसद्मा छलफलको क्रममा छ । यो विधेयकलाई सबैतिर चासोका साथ हेरिएको छ ।