सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु हुँदैन : प्रधानमन्त्री देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।  आइतवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवम् पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सरकारी कार्यलयहरूमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी नागरिकलाई विना झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियता...