धनगढी फुटबल क्लबको मुख्य प्रशिक्षकमा युगलकिशोर

काठमाडौं। धनगढी फुटबल क्लबले नेपाल सुपर लिगका लागि युगलकिशोर राईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। बैशाख ११ गतेबाट शुरु हुने प्रतियोगिताका लागि धनगढीले बुधबार ३७ वर्षे राईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। राईले यसअघि झापा फुटबल क्लब र बाँसबारी क्लबको प्रशिक्षण सम्हालेका थिए। धनगढीले यसअघि विशाल राईलाई मार्की खेलाडी र किरणकुमार लिम्बुलाई आइकोनिक प्लेयरमा नियुक्त गरेको थियो।