कोरोनाको बहाना, खेल क्षेत्र धराशायी बनाउने चाहना

काठमाडाैं : समग्र नेपालकै लागि वर्ष २०७७ खराब रह्यो। कोरोना महामारीका कारण विश्वभर देखिएको स्वास्थ्य संकटबाट नेपाल पनि ग्रस्त रह्यो।यस्तोमा नेपाली खेलकुद क्षेत्र भने कोरोनाभन्दा बढी नेतृत्वको असक्षमताको सिकार बन्यो। अभ्यासमा नियमित सहभागी गराउनुपर्ने खेलकर्मीलाई लकडाउन बहानामा कोठाभित्रै बन्धकजस्तो बनाइयो। खेलुकद गतिविधिमा केही संघहरू सक्रिय भएपनि अझै धेरै खेलकुद गतिविधि ठप्प छन्।कोरोनाको दोस्रो लहर शुरू हुन लाग्दा पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले