पोखरा । प्रदेशको नाम जातीय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले गरेको गण्डकी प्रदेश बन्दका कारण सर्वसाधारणलाई अप्ठेरो परेको छ। बन्दका कारण सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् ...
नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो । देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएका थिए । सो क्रममा उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाई ब्रिफिङ गरेका थिए । तर, देउवाले भागबण्डाका क्रममा
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कार्यकर्ता प्रशिक्षणका लागि आज आइतबार पोखरा जाँदैछन् । प्रचण्ड पोखरा पुग्ने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्
१८ फागुन, पोखरा । पर्यटकीय नगरी पोखरा र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी हवाइ सेवामार्फत जोडिएका छन् । बुद्ध एयरले बुधबारदेखि गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीसम्म हप्ताको तीन दिन हवाइ सेवा सञ्चालन गर्ने भएको छ । स्थलमार्ग हुँदै पोखरादेखि धनगढी पुग्न २४ घन्टाभन्दा बढी समय लाग्छ । हवाइ मार्गबाट भने ५५ मिनेटमै पुग्न सकिन्छ […]
पोखरा : गण्डकी प्रदेश सरकारले महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने निर्णय गरेको छ। आज प्रदेश स्थापनाको चौँथो वार्षिकोत्सव समारोहमा प्रदेश सरकारले सो निर्णय सार्वजनिक गरेको हो। समारोहमा घोषणा गर्दै प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले म्याग्दीका पुनलाई गण्डकी रन्तबाट सम्मानित गर्ने बताएका हुन्।
मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिबाट…
पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका छन्। आज पोखरामा आयोजित एक कार्यक्रममा देउवाले गण्डकी प्रदेशलाई साक्षर घोषणा गरेका हुन्।
त्यसक्रममा उनले गण्डकी विद्वानहरुको उद्गमस्थल रहेको बताउँदै शिक्षा पाउनु सबैको अधिकार भएको बताएका हुन्।
'गण्डकी विद्वानहरुको उद्गमस्थल हो। शिक्षा नागरिकको मौलिक हक हो। सबै नागरिकलाई साक्षरता…
गण्डकी, २४ असोज: प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् । पोखरामा उनी गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुने छन् । कार्यक्रम अनुसार १०.३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर […]
पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन्। गण्डकी प्रदेशलाई साक्षार प्रदेश घोषणा समारोहमा प्रधानमन्त्री आउने भएका हुन्। प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यक्रम र प्रधानमन्त्री आउने तयारी सबै पूरा भएको जानकारी दिइसकेको छ।
प्रधानमन्त्री हेलिकोप्टरबाट पोखरा आउने छन्। साढे १० बजे पोखरा आउने समय…
पोखरा । मौसममा आएको खराबीका कारण मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल पोखरा फर्किएका छन् । बिहिबार पोखराबाट राहत सामाग्रीसहित मनाङको चामे पुगेका मुख्यमन्त्री पोखरेल सहितको टोली मौसममा खराबी आएपछि उतै रोकिएका थिए । शुक्रबार बिहान मौसममा सुधार आएपछि उनीसहितको टोली पोखरा फर्किएको हो ।चार दिनदेखि अविरल परेको बर्षासंगै आएको बाढी पहिरो गएर घरबार विहीन भएका नागरिकलाई राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर घलेलगायत नेपा
पोखरा । गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि पोखरा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । आइतबार पोखरामा ६० जना, माछापुच्छ्रे गाउँपालिकामा १, तनहुँमा २ जना, स्याङ्जाका ५, पर्वतमा २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी प्रदेशका नवलपुरका १ र बागलुङमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकाका ३
प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् ।
पोखरा अमरसिंहचौरमा तय भएको आमसभा सर्वोच्च अदालतको फैसलासँगै उत्पन्न परिणामका कारण स्थगन गरी उनलाई गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सरिक गराउन लागिएको हो ।
सोक्रममा प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्नुका साथै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।
बिहान ११ बजे विमानबाट पोखरा विमानस्थल अवतरणपछि उनी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यासपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यतालिका छ ।
त्यसपछि...