बारा ४ मा यस्तो छ मनोनयन दर्ताको अवस्था

बारा : बारा क्षेत्र नं ४ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेका तर्फबाट एकवाल मिया, प्रदेश सभा सदस्य क का लागि देवनारायण चौधरी, प्रदेश सभा सदस्य ख का लागि जसपाका आत्मराम साहले मनोनयन दर्ता गराएका छन्। एमाले र जसपाबीच गठबन्धन छ।त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि पूर्व श्रममन्त्री किसान श्रेष्ठ (एकीकृत समाजवादी), प्रदेश सभा सदस्य क का लागि क्षेत्र बहादुर श्रेष्ठ अनिल ( माओवादी) र प्रदेशसभा सदस्य ख का लागि जितेन्द्र सोनल (लोसपा) ले मनोनयन दर्ता गराएका छन्।त्यसैगरी राप्रपाका रोहन

सम्बन्धित सामग्री

बागमतीको सभामुखका लागि कांग्रेसका अधिकारीको मनोनयन दर्ता

बागमती प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन्। बिहीबार प्रदेश सभा सचिवालय हेटौंडामा उपस्थित भएर अधिकारीले मनोनयन दर्ता गरेका हुन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा...

माधवकुमार नेपालले गराए मनोनयन दर्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले मुख्य निर्वाचन कार्यालयमा पुगेर पहिलो नम्बरमा नै मनोनयन दर्ता गराएका हुन्।...

समानुपातिक निर्वाचनतर्फको मनोनयन दर्ता सुरु, पहिलो दिन २९ दलको मनोनयन दर्ता

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार पहिलो दिन प्रतिनिधिसभा तर्फ २९ दलको मनोनयन दर्ता भएको हो ।यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल

कैलाली जिसस : निर्वाचनका लागि दुई समुहको मनोनयन दर्ता

कैलाली जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई समुहको मनोनयन दर्ता भएको छ । वैशाख ३० गते हुन लागेको जिससको निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमाले तथा नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गराएका हुन् ।सत्ता गठबन्धनबाट प्रमुख पदमा नेपाली काँग्रेसका गौरीगंगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्यमा निर्वाचित पदमबहादुर कलेले मनोनयन दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिका वडा नम्बर ८ मा वडा सदस्यमा निर्वाचित इन्दु चौधरीले मनोनयन दर्ता गराएकी हुन । जिसस निर्वाचनका ला

सल्यानमा मनोनयन दर्ता शान्तिपूर्ण, १६ सय ७ जनाले गराए मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि सल्यानमा १६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटा स्थानीय तहमा उक्त संख्यामा मनोनयन परेको हो ।  तीन...

चितवनमा ठूला दलका उम्मेदवारले आज मनोनयन दर्ता गर्ने

चितवन –  चितवनमा ठूला दलका उम्मेदवारले साेमबार मनोनयन दर्ता गर्ने भएका छन् । साेमबार नेकपा (एमाले)का उमेदवारले मनोनयन दर्ता गर्दैछन् । दिउँसो १ बजेअघि नै सक्नेगरी मनोनयन दर्ताको तयारी गर्न एमालेलाई आग्रह गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । दिउँसो १ बजेदेखि गठबन्धन दलका उमेदवारले संयुक्त रुपमा मनोनयन गर्ने […]

बागलुङका चार पालिकामा पहिलो दिन एउटा पनि मनोनयन दर्ता भएन

११ वैशाख, बागलुङ । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज बागलुङका चारवटा स्थानीय तहमा कसैले पनि मनोनयन दर्ता गरेनन् । अन्य ६ स्थानीय तहमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी र केही स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । बागलुङको गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, तराखोला गाउँपालिका र बरेङ गाउँपलिकामा एउटा पनि मनोनयन दर्ता […]

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु, उम्मेदवार छान्दै दलहरु

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई स्थानीय तहका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकको छ। आज (आइतबार)बाट देशभर मनोनयन दर्ता सुरु भएको छ।...

गण्डकीमा राष्ट्रियसभा सदस्यका लागि ३ उम्मेदवारको मनोनयन दर्ता

पोखरा । गण्डकीमा सत्ता पक्षीय गठबन्धनका ३ उम्मेदवारले राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेका एमालेका ३ जना उम्मेदवारले मंगलबार ११ बजे नै मनोनयन दर्ता गराएका […]

गच्छदारले रोके सुनसरी तीनको मनोनयन दर्ता

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गराउने भन्दै सुनसरी क्षेत्र नम्बर तीनको  मनोनयन दर्ता नै रोकिदिएका छन् । जिल्लाका अन्य क्षेत्रमा मनोनयन सहज रूपमा भए पनि पार्टीका जिम्मेवार व्यक्तिबाटै सहमति गराउने बहानामा मनोनयन दर्ता कार्यक्रम नै रोकिएको हो । पार्टी उपसभापति गच्छदारले दबाब दिएपछि निर्वाचन कार्य तालिकासमेत प्रभावित भएको छ । निर्वाचन समितिले जिल्लाभर एकै समय सोमबार बिहान १० बजे मनोनयन दर्ता गर्न भनेको थियो । सोही अनुसार समयमै पुगेका नेता कार्यकर्ताहरू मनोनयनै न