भेरी अस्पतालका स्वास्थ्यकर्मी कुटपिट गर्ने रावतमाथि ज्यान मार्ने उद्योगसहित २ मुद्दा दर्ता

भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि बिहिवार साँझ कोरोना संक्रमित दाइको मृत्युपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ ।  रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । आरोपीलाई बाँके जिल्ला अदालतले आज ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मानबहादुर रावत एमालेका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्व...