पाल्पा–२ मा पाण्डे र गैरेबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको पाल्पामा आसन्न निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको विश्वास जित्न प्रयत्नरत छन् । खासगरी प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे र नेकपा एमालेका नेता ठाकुर गैरेबीच प्रतिनिधिसभा सदस्य पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । पाका, पुराना र धेरै चुनावमा अभ्यस्त पाण्डे र युवा नेता गैरेको चुनावी अभियान पनि आक्रामक छ । एमाले विभाजन नहुँदै एउटै प