सकियो ‘अन्तिम संस्कार’ को छायांकन

प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सकिएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन शनिबारबाट सकिएको हो । फिल्मको‘ ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्रीले जानकारी दिए । फिल्म विजय लामा, दीया पुन, रेश्मा घिमिरे,  विशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य , सुरज खालिङ्ग रा