...अनि भतिजको सम्झनामा काकाले स्थापना गरे पुस्तकालय

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालय सिसावासमा यसै हप्तादेखि पुस्तकालय सञ्चालनमा आएको छ । उक्त पुस्तकालय विद्यालय आफैले वा नेपाल सरकारको कुनै निकायले बनाइदिएको भने होइन । त्यो पुस्तकालय त एउटा भतिजको सम्झनामा काकाको नेतृत्वमा निर्माण गरिएको हो । विगतमा उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थी स्वर्गीय प्रशान्त पोखरेलको सम्झनामा काका बालसिंह पोखरेल र उनको परिवारले पुस्तकालय निर्माण गरेर हस्तान्तरण गरेका हुन् । विद्यालयको ६५ औं वार्षिक उत्सव काअवसरमा श्री प्रशान्त पोखरेल स्मृति पुस्तकालय बुधवार  पोखरेल परिवारले विद्यालयलाई हस्तानतरण गरेको हो ।  वार्षिक उत्सव एवं पुस्तकालय हस्तानतरण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य  ईश्वर सापकोटा 'सुमन' एवं स्वर्गिय प्रशान्त पोखरेलका हजुरबुवा लिला बहादुर पोखरेलले संयुक्त रुपमा  रिवन काटेर उक्त पुस्तकालयको शुभारम्भ गरेका थिए । सोही अवसरमा स्वर्गीय पोखरेलको शालिक पनि अनावरण गरिएको थियो । प्रमुख अतिथि सुमनले स्वर्गिय प्रशान्त पोखरेल प्रति श्रद्धा सुमन अर्पण गर्दै पोखरेल परिवारले शिक्षाको ज्योती छर्ने अत्यन्त पुनित कार्य गरेकोमा आभार प्रकट गरे । उक्त विद्यालयमा अध्यनरत बहुसंख्यक आदिवासी कुमाल जातिका सन्ततीको गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षा आर्जनमा पुस्तकालयले महत्वपूर्ण भूमिका  खेल्ने पनि उनको विश्वास थियो । स्वर्गीय प्रशान्त पोखरेलका हजुरबुवा एवं पुस्तकालयका संरक्षक श्री लिला बहादुर पोखरेलले आफ्नो नातीको अल्पायुमै स्वर्गारोहण भए पनि नातिको स्मृतिमा स्थापित पुस्तकालयले आफ्ना नाति जस्तै धेरै नानी बावुहरुले  उक्त पुस्तकालबाट शिक्षाको ज्योती प्राप्त गर्ने अवसर जुटेकोमा आफ्नो सन्तान सोक धेरै हदसम्म  विर्सनकालागि सहयोग पुग्ने बताए । भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डण्डपानी रिजालले पोखरेल परिवारजनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, विद्यालयको समग्र विकासका लागि वडा कार्यलयले सक्दो समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । पुस्तकालयका संस्थापक एवं वानेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बालसिंह पोखरेलले चितवनको मेघौली भौगोलिक एवं पर्यापर्यटनका हिसाबले राष्ट्रकै अनुपम गन्तव्य रहँदा रहँदै पनि विशेषगरी शैक्षिक दृष्ट्रिकोणबाट यहाँका जनता अत्यन्त पछाडि परेका कारण यहाँको अनुपम श्रोतको परिचालन हुन नसक्दा यस क्षेत्रले मात्र होईन सिगों राष्ट्रले नै ठूलो क्षती व्यहोर्नु परेको बताए । यहाँका भोलिका राष्ट्रका कर्णधार नानी बावुलाई गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षाको अत्यन्तै अपरिहार्यता भएको वर्तमान अवस्थामा आफ्नो प्रिय भतिजको स्मृतिमा पुस्तकालय स्थापना गरेको पोखरेलले बताए । यहाँका अभिभावकहरूले पनि आफ्ना नानी बावुको शैक्षिक उनन्यनमा तदारुकता नदेखाएकाले अभिभावकहरुमा पनि शैक्षिक सचेतना अभिवृद्धि होस भन्ने हेतुले बालबालिका एवं सबै समूहलाई लक्षित गरी पुस्तकहरूको प्रबन्ध गरेको पोखरेलको भनाइ थियो । उक्त अवसरमा  नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष एवं लस्ट होराईजन हेण्डी क्राफ्टका सञ्चालक बिशाल कुमालले स्वर्गिय प्रशान्त पोखरेल प्रति श्रद्धा सुमन अर्पण गर्दै विद्यालयमा श्रोत सम्पन्न पुस्तकालय स्थापना हुनु अत्यन्त खुशीको कुरा भएको बताए ।  साथै स्वयमले पनि विद्यार्थीले गुणस्तरीय एवं प्रतिसप्रधात्मक शिक्षा प्राप्त गरुन तथा गरिवीका कारण शिक्षाबाट कोही बन्चित हुन नपरोस भनि  छात्रवृत्ति कोषको स्थापना गरेको पनि बताए । विध्यालययका प्रधानध्यापक उमेश आचार्यले  गुणस्तरीय शिक्षा प्रदानका लागि पुस्तकालयको अत्यन्त आवश्यकता महुशुस भइरहेको बेला पोखरेल परिवारबाट  श्रोत सम्पन्न पुस्तकालय प्राप्तहुनु अत्यन्त खुशीको विषय भएको बताए । उक्त सभाका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालले पुस्तकालय प्रदान गर्ने पोखरेल परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । श्री आधारभुत विद्यालय सिसावासका पूर्व विद्यार्थी प्रशान्त पोखरेलको २०७३ वैसाख १३ गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।

सम्बन्धित सामग्री

सांसद नै छिर्दैनन् पुस्तकालय

पोखरा – संसदमै पुस्तकालय नभएको भन्दै आवाज उठेपछि गण्डकी प्रदेश सभा सचिवालयले क्यान्टिन हटाएर पुस्तकालय स्थापना गर्‍यो। प्रदेश सभाको पाँचौ स्थापना दिवसको अवसर पारेर गत वर्ष माघ २२ गते तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालयको उद्घाटन गरे। प्रदेश सभा भवन नदीपुर परिसरमा पुस्तकालय स्थापनाको १ वर्ष बढी समय बितेको छ। तर, सांसद पुस्तकालय नै छिर्दैनन्। सांसदलाई […]

निजी लगानीमा समुदायका लागि पुस्तकालय

तपाईं पुस्तकलाई कत्तिको माया गर्नुहुन्छ ? एकपटक किनेको पुस्तक कति वर्षसम्म सुरक्षित राख्नुभएको छ ? यदि यी दुवै प्रश्नको सकारात्मक जवाफ छ भने पक्कै पनि तपाईंको घरमा पुस्तकालय हुनुपर्छ । पुस्तकालय भन्ने बित्तिकै हामीले फेरि हजारौं पुस्तक नभई हुँदैन भन्ने सोच छ भने त्यो पनि गलत हुन सक्छ किनकि प्रसिद्ध लेखक रेड वायर्सले गहन अनुसन्धान […]

केशर पुस्तकालय बाहिर किन छरपस्ट फिँजाइएको छ किताब र कागजपत्रहरु ?

काठमाडौं : २०७२ सालको भूकम्पमा क्षति पुगेपछि केशर पुस्तकालय राम्ररी संचालन हुन सकेको छैन। ऐतिहासिक केशर पुस्तकालय पुनर्निर्माणको प्रक्रिया अघि नबढ्दा त्यहाँ रहेका धेरै पुस्तक कागजपत्रहरुको अवस्था बेहाल छ। पछि ट्रस्ट बनाएर ती पुस्तक र कागजपत्रहरु राखिए पनि पुस्तकालय कहिले पुनर्निर्माण हुन्छ भन्ने यकिन छैन। अहिले केशर पुस्तकालय बाहिर छरपस्ट…

१५औँ पुस्तकालय दिवस आज

काठमाडौं : ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ भन्ने नारासहित आज १५औँ पुस्तकालय दिवस आज मनाइँदैछ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९ को आयोजनामा काठमाडौँस्थित रूसी सदन, कमलपोखरीमा मूल कार्यक्रम हुदैछ।समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप व्यक्ति वा संस्थालाई सम्मान, सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा सञ्चालित निबन्ध प्रतियोगिताका विजयी व्यक्तिहरूलाई प्रशंस

पन्ध्रौँ पुस्तकालय दिवस मनाइँदै

काठमाडौँ । ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ आदर्श वाक्यका साथ १५औँ पुस्तकालय दिवस बुधबार मनाइँदै छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९ को आयोजनामा काठमाडौँस्थित रुसी सदन, कमलपोखरीमा मूल समारोहको आयोजना हुँदैछ ।  समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप व्यक्ति […]

पन्ध्रौँ पुस्तकालय मनाइँदै

‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ आदर्श वाक्यका साथ १५औँ पुस्तकालय दिवस बुधबार मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९ को आयोजनामा काठमाडौंस्थित रूसी सदन, कमलपोखरीमा मूल समारोहको आयोजना हुँदैछ । समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप व्यक्ति वा संस्थालाई सम्मान, सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा सञ्चालित निबन्ध प्रतियोगिताका विजयी व्यक्तिहरूलाई

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।...

सार्वजनिक पुस्तकालय: विकास, अवसर र चुनौती

मानव विकासको सर्वोत्तम आधार शिक्षा हो । गुणस्तरीय शिक्षाको प्रथम आधारस्तम्भ पुस्तकालय हुन् । पुस्तकालय प्रकृति र स्वरूपअनुरूप चार प्रकारका हुन्छन् । जसमध्ये सार्वजनिक पुस्तकालय पनि एक हो । सार्वजनिक पुस्तकालयले समाजमा सबै उमेर समूह, वर्ग, जात धर्म तथा लिंग वर्ण आदिका आधारमा कुनै भेदभाव नगरी समान पहुँचको अवसर प्रदान गर्दै समाजमा शिक्षा, सूचना तथा […] The post सार्वजनिक पुस्तकालय: विकास, अवसर र चुनौती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चेपाङ गाउँको विद्यालयमा पुस्तकालय स्थापना

के फाउण्डेशन ग्लोबलले विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषमा फाउण्डेशनले पुस्तकालय स्थापना गरेको हो।...

पुस्तकालय अन्तरक्रिया

२४ साउन, काठमाडौं । पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, जिल्ला शाखा काठमाडौंको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भाद्र १५ गते मनाइने १४औं पुस्तकालय दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा नेपाल प्रतिलीपि अधिकार रजिष्ट्रारको कार्यालयबाट रजिष्ट्रार विष्णुकुमारी भट्टराई, एकता प्रकाशनका रामचन्द्र तिमोथी, महासंघका पूर्व […]