इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ ।
प्रिमियर लिग फुटबलमा राति फुलहमसँग भएको खेलमा ३–० गोलले पराजित भएपछि एस्टनले जेरार्डलाई बर्खास्त गरेको हो ।
जेरार्ड ११ महिनामै बर्खास्तमा परे । जेरार्डको नेतृत्वमा एस्टनले ४० खेल खेल्दा १३ वटामा जित निकालेको थियो । लिभरपुलका पूर्व कप्तान जेरार्ड रेन्जर्सको तीन वर्षको कार्यकाल सकाएर एस्टन आएका थिए ।
राति भएको खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा एक गोल गरेको फुलहमले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको दोस्रो ह...