धनुषाको शहीननगरमा हवाई फायर

३० वैशाख, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । विवादबारे बुझेपछि आफू उक्त मतदानस्थलमा पुग्न लागेको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिए ।  

सम्बन्धित सामग्री

बञ्चरेडाँडामा प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर

काठमाडौँबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरिएपछि बञ्चरेडाँडाको अवस्था तनावग्रस्त बनेको छ। त्यस क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ। फोहोर लिएर गएको गाडी अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पाँच राउण्ड हवाई फायर गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

उदयपुरको कटारी नगरपालिकामा हवाई फायर

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरिएको छ । आज (शुक्रबार) दिउँसो प्रहरीले हवाई फायर गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पुष्टि गरे । उनले भने, ‘थप बुझिरहेका छौँ ।’

दोलखामा मात्र २३ राउन्ड हवाई फायर, बागमतीका अन्य ५ जिल्लामा पनि हवाई फायर

काठमाडौँ । स्थानीय निर्वाचनको आज (शुक्रबार) भइरहेको मतदानअन्तर्गत बागमती प्रदेशका ६ जिल्लामा प्रहरीले हवाई फायरिङ गर्नु परेको छ । दोलखामा सबैभन्दा बढी २३ राउन्ड हवाई फायर भएको बागमती प्रदेश प्रहरी प्रमुख पूजा सिंहले जानकारी दिइन् । रामेछापमा १५, सिन्धुपाल्चोकमा ४, धादिङमा ३ तथा नुवाकोट र काभ्रेमा १/१ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ । […]

धनुषामा हवाई फायर

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ।दृष्टिविहीन एक व्यक्तिको मत त्यहाँका मतदान अधिकृतले खसालेको विषयमा विवादपछि झडप भएपछि प्रहरीले हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।हवाई फायरपछि केहि बेर मतदान स्थगित भएको थियो। डिएसपी क्षेत्रीका अनुसार विवाद समाधान भएपछि अहिले पुन: मतदान सुरु भइसकेको छ।

रौतहटमा पाँच राउण्ड हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ । फतुवा विजयपुर २ सितलपुरमा काँग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो ।अवस्था साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । केही समय रोकिएको मतदान फेरि सुरु भएको एसपी घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल म

गोरखाको घ्याल्चोकमा हवाई फायर

एउटै व्यक्तिले २ जनाको भोट हालेपछि गोरखाको गण्डकी गाउँपालिका वडानम्बर ७ घ्याल्चोक माविको मतदान केन्द्रमा विवाद भएको छ ।विवादपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसी ओम अधिकारीले जानकारी दिए । ‘तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ’, उनले रातोपाटीसँग भने, ‘अहिले अवस्था सामान्य भएर रोकिएको मतदान सुचारु भएको छ ।’

रौतहटको फतुवामा पाँच राउन्ड हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । सितलपुर बैरगनिया मतदान केन्द्रमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको...

भारतीय  एसएसबीद्वारा दशगजामा तीन राउन्ड हवाई फायर

नेपालर –भारतको सीमा क्षेत्र विराटनगर – १८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । स्थानीयले दिएको जानकारी अनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाई फायर गरेका हुन् ।सोमबार २ बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए । स्थानीयका अनुसार डियुटिमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए । ‘होहल्ला गरेपछि स्थानीयले उनलाई घेराउ गरेका थिए ।

पर्सामा प्रहरीद्वारा तीन राउण्ड हवाई फायर

२८ भदौ, वीरगञ्ज । पर्सामा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो । अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा हवाई फायर गरेको प्रहरीले जनाएको छ । ‘चार वटा मोटरसाइकलमा सवार आठ जना […]