२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बि

सम्बन्धित सामग्री

३४ कम्पनीको साढे २७ अर्ब बढीको आईपीओ पाइपलाइनमा

काठमाडौं, ९ फागुन । धितोपत्र बोर्डमा साधारण शेयर (आईपीओ) निष्काशनका लागि ३४ वटा कम्पनीले स्वीकृति पाई पाइपलाइनमा रहेका छन् । यसरी बोर्डबाट स्वीकृति पाएका ३४ वटा कम्पनीले २७ अर्ब ५२ करोड ८६ लाख २ हजार २ सय ३३ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछन् । ३४ वटा कम्पनीमध्ये ५ वटा कम्पनीले भने प्रिमियममा आईपीओ निष्काशन गर्दैछन् […]

३६ कम्पनीको १५ अर्ब बराबरको आईपीओ पाइपलाइनमा

काठमाण्डाै – शेयरबजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । तर धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ ।  सरकारको सहजीकरण एवं नयाँ कानूनी प्रावधानका कारण साधारण शेयर (आईपीओ) बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको सङ्ख्या मात्रै हेर्ने हो भने साधारण शेयर बिक्री गर्न चाहने ३६ वटा कम्पनी छन् । ती कम्पनीले बिक्री गर्ने शेयरको मूल्य मात्रै १५ अर्ब नौ करोड सात लाख १८ हजार रुपैयाँ बराबरको छ । साधारण शेयर बिक्री गर्...

बोर्डले अनुमति नदिँदा ३५ कम्पनीका करिब १५ अर्बको आईपीओ पाइपलाइनमा

काठमाडौंँ  - नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्नका लागि आवेदन दिने कम्पनीको संख्याको ३५ पुगेको छ । आईपीओ जारी गर्नका लागि उक्त कम्पनीले धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा रहेका छन् । अनुमति मागेका कम्पनीहरुले १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन्। आइपीओ जारी गर्ने अनुमति मागेका कम्पनी...

बोर्डले अनुमति नदिँदा ३५ कम्पनीका करिब १५ अर्बको आईपीओ पाइपलाइनमा

काठमाडौंँ  - नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्नका लागि आवेदन दिने कम्पनीको संख्याको ३५ पुगेको छ । आईपीओ जारी गर्नका लागि उक्त कम्पनीले धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा रहेका छन् । अनुमति मागेका कम्पनीहरुले १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन्। आइपीओ जारी गर्ने अनुमति मागेका कम्पनी...

१० अर्बभन्दा बढीका आईपीओ पाइपलाइनमा, धेरै कम्पनी जलविद्युत क्षेत्रका

अहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने (आईपीओ जारी गर्ने) अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।बोर्डले दिएको जानकारीअनुसार यी कम्पनीको आईपीओ मूल्य १० अर्ब १५ करोड रुपैयाँभन्दा बढी हुन्छ । यसरी आईपीओ जारी गर्न लागेका कम्पनीहरूमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेका कम्पनीहरु सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स पनि रहेका छन् । यी कम्पनीहरुले बोर्डबाट

निषेधाज्ञापछि आईपीओ निष्कासनमा ढिलाई, १६ ओटा कम्पनीको आईपीओ पाइपलाइनमा

जेठ २९, काठमाडौं । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लागू गरेपछि आईपीओ निष्कासन प्रक्रियामा ढिलाई भएको छ ।  निषेधाज्ञापछि नेपाल धितोपत्र बोर्ड(सेबोन) को पाइपलाइनमा रहेका कम्पनीहरुले आवश्यक कागजपत्र बुझाउन नसक्दा आईपीओ निष्कासनमा ढिलाई भएको हो । सेबोनमा हाल १६ ओटा कम्पनीको ४ करोड ४६ लाख ७७ हजार ६३४ कित्ता आईपीओ पाइपलाइनमा रहेको छ ।  सेबोनबाट स्वीकृति पाएको मध्यभोटेकोशी जलविद्युत् कम्पनीको  आईपीओ अहिले निषेधाज्ञाकै कारण स्थगित भएको छ  । उक्त कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओ लकडाउनका कारण स्थगित भएको हो ।   सोही कारण उक्त कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा लागि निष्कासन गरेको ६० लाख कित्ता आईपीओ स्थगित अवस्थामा रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बाँडफाँटपछि सर्वसाधारणको लागि ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।  आईपीओ निष्कासन गर्नका लागि सेबोनको पाइपलाइनमा रहेका १६ ओटा कम्पनीमध्ये ११ ओटा मात्रै जलविद्युत् कम्पनी रहेका छन् । त्यसैगरी तीन ओटा लघुवित्त कम्पनी र एउटा डिस मिडिया लिमिटेड (डिसहोम) को रहेको छ ।   डिसहोमले  आईपीओका लागि थप कागजपत्र जुटाउन नसक्दा लामो समयदेखि स्वीकृती पाउन सकेको छैन । त्यसोत नेपाल धितोपत्र बोर्डले  निषेधाज्ञा लागू भएपछि मर्चेण्ट बैंकलाई तीन जना कर्मचारी राखी अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । आईपीओ निष्कासन लागि कम्पनीले विक्री प्रबन्धक तोकेको हुन्छ । ती विक्री प्रबन्धकहरुले नै सेबोनमा आईपीओ निष्कासन प्रक्रियाका लागि आवश्यक प्रक्रिया पूरा गरिरहेका हुन्छन् । सोही कारणले गर्दा आईपीओ निष्कासन प्रक्रियामा ढिलाई भएको हो । ती कम्पनीहरुमध्ये साहस उर्जाले सबैभन्दा बढी अर्थात् १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ ।                                                                        स्रोत : नेपाल धितोपत्र बोर्ड (सेबोन)