भोजपुरको आमचोक गाउँपालिकामा काँग्रेस र एमालेबीच तालमेल

भोजपुरको आमचोक गाउँपालिकामा सत्ता गठबन्धनबाट बाहिरिएर नेपाली काँग्रेसले नेकपा एमालेसँग तालमेल गरेको छ। एमालेले अध्यक्षमा बसन्त राई र काँग्रेसले छिरिङ शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो । गठबन्धनको नीति विपरित काँग्रेसले एमालेसँग तालमेल गर्नु खेदजनक भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले बताए। गठबन्धनको निर्णय विरुद्ध काँग्रेसले एमालेसँग तालमेल गरेको भन्दै किराँतीले आपत्ति जनाए। सत्ता गठबन्धनभित्र आमचोक र अरुण गाउँपालिकामा तालमेल गर्ने निर्णय भएपनि काँग्रेस आमचोक ग