इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले प्रशिक्षक क्लाउडिओ रानिएरीलाई बर्खास्त गरेको छ। नियुक्त भएको चार महिना नबित्दै वाट्फोर्डले रानिएरीलाई बर्खास्त गरेको हो। उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्यो । ७० वर्षका इटालियन रानिएरीलाई गएको अक्टोबर ४ मा प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रिमियर लिगमा उनको प्रशिक्षणमा खेलेका १३ खेलबाट वाट्फोर्डले मात्रै सात अंक जोड्न सक्यो । […]