आफगानिस्तानका सरकारी अधिकारीहरुलाई आममाफी दिने तालिवानको घोषणा

एजेन्सी, १ भदौँ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अफगानिस्तानका अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ । तालिवानले मंगलबार उक्त घोषणा गरेको हो । तालिवानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानमा सामान्य परिस्थिती बनाउन चाहने अफगानी सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छु ।’ १५ अगस्तमा अफगानिस्तानलाई तालिवानले आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । […]