गुफाडाँडा जलवायु सम्मेलन : सार्वजनिक छैन खर्च विवरण, अपारदर्शिताको पराकाष्ठा

सिन्धुपाल्चोक – आउँदो पुस १८ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ गुफाडाँडामा तेस्रो जलवायु दिवस मनाइँदै छ । वि.सं. २०७५ सालमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको जलवायु सम्मेलनको निरन्तरता स्वरूप जलवायु दिवस मनाइँदै आएको हो । जिल्ला समन्वय समितिले पहिलो जलवायु सम्मेलनको आर्थिक हिसाब अझै सार्वजनिक गरेको छैन । त्यतिबेला पहिलो पटक जलवायु सम्मेलन हुन लागेकाले जिल्लामा क्रियाशील धेरैजसो गैरसरकारी सङ्घ–संस्थाले खुलेर आर्थिक सहयोग गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको ...