दीपिकाको दिपावली मुड

रातो साडी, रातै पोते, रातै टिका अनि रातै लिपस्टिक पनि । सप्तरंगी पर्व तिहारको उल्लासमा खुसी साटिरहेकी छिन्, अभिनेत्री दीपिका प्रसाई पनि । त्यसो त कुनैपनि चाडपर्व नहोलान्, जहाँ दीपिकाले आफ्नो खुसी मिसाएकी छैनन् । क्यालेन्डरको पाता फेरिदैपिच्छे आउने चाडपर्वमा उनी उत्तिकै रमाइरहेकी देखिन्छन् । र, सोही चाडको रंगसँग मिल्दो पहिरनमा ठाँटिने गरेकी छिन् । […]