सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो ।
समझदारीअनुसार सिटिजन्स बैंकका...
सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट दिने व्यवस्था गरेको छ।...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका डेबिट–क्रेडिट कार्डवाहकहरूलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिइने भएको छ।...
सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न भक्तपुरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलसँग एक सम्झौता गरेको छ । जसअनुसार ग्राहकलाई छुटको व्यवस्था हुनेछ । सो व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका हुन् । सानिमा बैंकका ग्राहकले औषधी […]
प्रभु बैंक लिमिटेड र कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरकाबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्ररत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेशराज जैसीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले सौभाग्य […]
प्रभु बैंक लिमिटेडका ग्राहकले स्टार हस्पिटलमा छुट पाउने भएका छन्। प्रभु बैंक र स्टार हस्पिटलबिच आकर्षक छुट गर्ने सम्झौता भएको हो ।सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटल प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले हस्ताक्षर गरेका छन्। प्रभु बैंक र उक्त लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले स्टार हस्पिटल लि.द्धारा सञ्चालित सेवा मध्ये बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त हुने छ । उक्त सम्झौता अन्तर्गत स्टार हस्पिटल लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, स्टार हस्पिटल लि. का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
महालक्ष्मी विकास बैंक र पोखराको महेन्द्र पुलमा रहेको ओम हस्पिटल प्रा. लिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युूार (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवामा छुट पाउने छन् ।आकर्षक छुट प्राप्तगर्न […]
प्रोग्रेशिभ फाइनान्स र नारायणी सेन्ट्रल हस्पिटल वीरगन्जसँग स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार प्रोग्रेशिभ फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताले विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौतापत्रमा फाइनान्सको सिमारा शाखाका शाखा प्रबन्धक सबीर अली र नारायणी सेन्ट्रल हस्पिटलका अध्यक्षसुमन क्यालले हस्ताक्षर गरे ।फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल […]