तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु, ग्रामीण विकासको मुख्य आधार लघुवित्त : कामु गभर्नर

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा शुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्क कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामीण विकासको मुख्य आधार भएको बताइन्।