हुम्लामा मतपेटिका संकलन गर्न हेलिकप्टर

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो । दूर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकप्टरमै ढुवानी गर्न सहमति दिएको प्रमुख जिल्ला […]

सम्बन्धित सामग्री

तीन दिन लगाएर हेलिकोप्टरमा ओसारिए हुम्लाका मतपेटिका (तस्बिरहरु)

सिमकोट- आमनिर्वाचन सम्पन्न भएको तीन दिनपछि अन्ततः सेनाको हेलिकप्टर एनए- ०५३ ले १ सय ३४ वटा मतपेटिका विभिन्न दुर्गम गाउँबाट सिमकोट ल्याइपुर्‍याएको छ। हुम्लाका कयाैँ स्थान दुर्गम रहेका कारण मतपेटिका संकलन गर्न धेरै समय लागेको हो। सिमकोटमा  बुधबार बेलुकी ७ बजेबाट मतगणना सुरु हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ। अविनाश लामाले खिचेका केही तस्बिरहरु:

चार दिन बित्दा पनि हुम्लामा मतपेटिका संकलन हुन सकेन

काठमाडौं । हुम्लामा निर्वाचन भएको चार दिन बित्दा पनि मतपेटिका संकलन हुन सकेको छैन । प्रदेशसभा ख का मतपेटिकाहरू अझै सदरमुकाम आउन नसक्दा मत गणना पनि सुरु हुन सकेको छैन । सो क्षेत्रका ३४ केन्द्रका १ सय ३६ मतपेटिका सर्केगाड केन्द्रमा थन्क्याइएको छ । हेलिकप्टर उपलब्ध नहुँदा मतपेटिका सदरमुकाम सिमकोट लैजान नसकिएको महादेव माध्यमिक विद्यालय […]

सोलुमा मतपेटिका हेलिकप्टर मार्फत ल्याइयो

सोलुखुम्बुमा सबै मतदान केन्द्रहरुबाट मतपेटिका संकलन गरेर सदरमुकाम सल्लेरी ल्याइएको छ । आठ पालिका रहेको जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ९ वटा मतदान केन्द्रको ३६ मतपेटिका हेलिकप्टरबाट र अन्य पालिकाको मतपेटिकाहरु स्थलमार्गबाट सल्लेरी ल्याइएको हो ।

हुम्लामा हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिँदै

हुम्ला : हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ। सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो। यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। लिमीको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पुर्‍याइएको थियो । यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो।लिम

हुम्लामा हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै

हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ ।

हुम्लामा मतपेटिका संकलन गर्न कठिन, ४ केन्द्रमा हेलिकप्टर पठाइने

३१ वैशाख, हुम्ला । हुम्लामा मतपेटिका संकलन गर्ने कठिन भएको छ । ४८०० मिटरको लेक पार गरेर मतपेटिका ल्याउनुपर्ने भएकोले कठिन भएको निर्वाचन आयोगले जनाएको छ । नाम्खा गाउँपालिका-६ लिमीका भृकृटी आधारभूत विद्यालय, सुनखानी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका याल्वाङ्ग ल्याउन समस्या भएको हो । यस्तै, चंखेली गाउँपालिका डाँफे आधारभूत […]

हेलिकप्टर चढ्ने विषयमा दलका प्रतिनिधिबीच विवाद, मतपेटिका नलिई फर्कियो हेलिकप्टर

हेलिकप्टर चढ्ने विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि दुर्गम गाउँपालिका काँडाको मतपेटिका नलिई हेलिकप्टर फर्किएको छ । मतपेटिका संकलन गर्न गएको हेलिकप्टरमा आफूहरु पनि चढ्न पाउनुपर्ने माग दलका मतदान प्रतिनिधिले राखेका थिए ।