विद्यालय जान आउन एक घण्टाको उकालो ओरालो गर्नुपथ्र्यो । बाटोमा विभिन्न विषयमा कुराकानी हुन्थे, यसले बाटो काट्न सहज हुन्थ्यो । कुरै कुरामा हामीले एकदिन समीको फेदमा बसेर आफ्ना भविष्यका योजना सुनायौँ । उसले डाक्टर बन्ने योजना सुनाई, मैले इन्जिनियरको । नम्रता हो उसको नाम । एकदम फरासिली, राम्री पनि उस्तै । एसएलसी पछि ऊ लागी काकाका साथमा काठमाडौं । म भने गाउँमै पढेँ । पढाइ त मेरो पनि राम्रो थियो तर सहरमा पढ्न जाने अवसर मिलेन । ऊसँग चिठीपत्रमा कुरा हुन्थ्यो । उच्च मावि तहको अध्ययनपछि ऊ ला