अमेरिकामा मन्दीको खतरा टरेको हो ? 'महीनामै साढे ३ लाख नयाँ रोजगारी, भेटे जति सबैलाई जागिर !'

काठमाडौं । अमेरिकी अर्थतन्त्र मन्दीमा जाने चिन्ता साम्य भएको छैन । तर यो चिन्तामा कमा भने लागेको छ । गएको शुक्रवार श्रम मन्त्रालयले सार्वजनिक गरेको रोजगारी तथ्यांकले आर्थिक मन्दी आउने भयबाट अर्थशास्त्रीहरुलाई थोरै भएपनि राहत दिएको छ । तथ्यांकका अनुसार मेमा मात्रै अमेरिकी अर्थतन्त्रले ३ लाख ३९ हजार नयाँ रोजगारी दिएको छ । यसको अर्थ रोजगारदाताहरुले आफूहरुले भेटेको जति सबैलाई काम दिएका छन् । टार्गेट, म्याकिज एन्ड कोस्कोको मुनाफा र विक्री प्रक्षेपण सार्वजनिक गरेका थिए । प्रविधि र सञ्चार कम्पनीहरुले हजारौंको संख्यामा कर्मचारी कटौती गरिरहेका छन् ।  बैंकिङ क्षेत्रमा पनि सन् २००८/०९ को विश्वव्यापी वित्तीय संकटयताकै ठूला बैंक फेलियर देखिए । यसले फेडरल रिजर्भका कर्मचारी अर्थशास्त्री देखि प्रमुख बैंकका सीईओसम्म सबैको मुखमा आर्थिक मन्दीलाई थेगो नै बनाइदियो । तर, हरेक पटक आर्थिक मन्दीको खतराको घन्टीको आवाजलाई श्रम बजारमा देखिएको मजबुतिले केही कम गर्दै आएको छ ।  आर्थिक मन्दीको अर्थ बेरोजगारी मात्रै होइन । मन्दीमा अर्थतन्त्र खुम्चिन्छ । श्रम बजारमा देखिएको मजबुतीले उपभोक्ताहरुले अझै पनि खर्च गर्न सक्छन् भन्ने देखाएको छ । किनकि अमेरिकी अर्थतन्त्रको तीन तिहाई हिस्सा त उपभोक्ता खर्चले ओगटेको छ । अमेरिकी उपभोक्ताहरुसँग जागिर छ, उनीहरुले नियमित रुपमा खर्चयोग्य आम्दानी पाइरहेका छन् भने अर्थतन्त्र मन्दीको खाल्डोमा जाकिने सम्भावना कम नै हुन्छ । कम्तिमा पनि अल्पकालीन अवधिमा अर्थतन्त्र मन्दीमा जादैंन र जाने सम्भावना पनि न्युन ह्यारिस फाइनान्सियल ग्रुपका प्रबन्ध साझेदार जेमी कोक्सले बताएका छन् ।  उपभोक्ताहरु जागिरे भइरहेकै समयमा पनि जागिर गुमेपछि के खानु के लाउनु भनेर खर्च कम गर्दा आर्थिक मन्दी आउँछ । प्रविधि समेतका केही क्षेत्रमा भटाभट रोजगारी कटौती भइरहेको भएपनि अन्य केही क्षेत्रमा स्थिति ठिकै छ । केही व्यवसायहरुलाई अहिले भनेजस्तो कर्मचारी पाउन र उनीहरुलाई टिकाइरहन मुश्किल भइरहेको छ । यस्ता व्यवसायहरुले कर्मचारी कटौती गर्नै नचाहेको मूडिज एनालिटिक्स प्रमुख अर्थशास्त्री मार्क जान्डी भन्छन् । जागिर गुमाएपछि शुरुको बेरोजगारी भत्ता दाबी गर्दै अमेरिकामा २ लाख ३० हजारले आवेदन दिएका छन् । अर्थतन्त्र सामान्य अवस्थामा भएको बेलामा हप्तामा २ लाख ५० हजारले भत्ता दाबी गर्छन् । मन्दीको अवस्थामा दाबीकर्ताको संख्या ४ लाख नजिक नजिक हुन्छ ।  आर्थिक मन्दी छिटै आउँछ भनेर विश्वास गरेका अर्थशास्त्रीहरुले भने जागिरहरु नगुमीकन पनि अर्थतन्त्र खुम्चिन सक्ने बताएका छन् । आर्थिक मन्दी नै आयो भने पनि श्रम बजार तुलनात्मक रुपमा बलियो नै हुने एचआर व्यवस्थापन कम्पनी युकेजीका श्रम अर्थशास्त्री डेभ गिल्बर्टसन बताउँछन् । यो पटकको मन्दी जागिरले भरिपूर्ण हुने उनको ठोकुवा छ । यस्तो खालको मन्दी दोस्रो विश्व युद्धमा देखिँदै नदेखिएको उनको भनाइ छ । सुदृढ श्रम बजारले अमेरिकी अर्थतन्त्रलाई मन्दीबाट बाहिर राख्छ भन्ने सोच वा आशा केहीको छ । यस्तो सोचाई राख्नेमध्ये एक जना चाँहि केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेल हुन् । गएको १४ महीनामा फेडले ब्याजदर ५ प्रतिशत अंकले बढाएको छ । बेरोजगारी दर साढे ३ प्रतिशतमा छ । यो आफूहरुले ब्याजदर बढाउन शुरु गर्दाको भन्दा कम भएको पावेलले एक महीना अघि भनेका थिए । अर्थतन्त्र मन्दीमा जाने भन्दा मन्दी छल्ने सम्भावना उनले बढी देखेका छन् । मन्दी नै आएपनि यो हलुका खालको हुने उनको भनाइ छ । अवस्था जे भएपनि उपभोक्ता खर्च घटेको छैन । खर्चले निरन्तरता पाइरहेको छ । टार्गेट वा कोस्टको जस्ता स्टोरहरुमा पहिलाको जत्ति खर्च गरेका छैनन् होलान् । खर्च अन्यत्र भइरहेको छ ।   अमेरिकाको श्रम बजार अहिले नै सुस्ताइसकेको छैन । यो वर्ष हरेक महीना औसतमा ३ लाख १४ हजार आसपासले रोजगारी पाइरहेको श्रम विभागको सर्वेक्षणले देखाएको छ । यो अघिल्लो वर्षको पहिलो पाँच महीनाको भन्दा चाँहि एक तिहाई जति कम हो । तर ऐतिहासिक रुपमा हेर्दा कर्मचारी भर्ती निकै मजबूत छ । महामन्दी सकिएपछि, सन् २०१० देखिको १० वर्ष, अनि कोभिडका कारण उथलपुथल शुरु हुनु अघि रोजगारदाताहरुले मासिक औसत १ लाख ८३ हजार नयाँ रोजगारी दिएका थिए । यो अहिलेको भन्दा दुई तिहाईभन्दा पनि थोरै हो । गएको वर्ष त फेडले महँगीमा अंकुश लगाउन आक्रमक रुपमा ब्यजादर बढाएकोले पनि श्रम बजार सुस्त बनेको थियो ।  प्रविधि समेतका केही क्षेत्र सुस्ताएको भएपनि अर्थतन्त्रका अन्य क्षेत्रहरु तात्तातो नै रहेको शुक्रवारको रोजगारी तथ्यांकले देखाएको छ । समग्रमा भने अर्थतन्त्र मन्दीको नजिक हुँदै नभएको जिरिक्रुइटर्जकी प्रमुख अर्थशास्त्री जुलिया पोल्लाक भन्छिन् । एजेन्सी

सम्बन्धित सामग्री

स्थायी जागिर छाडेर कुखुरापालन

दोलखा– सरकारी जागिर खाने अधिकाँश नेपालीको रहर हुन्छ । स्थायी जागिर भएपछि जीवनभरलाई नियमित जीवन निर्वाहका लागि ढुक्क हुने भएकाले पनि धेरैको रोजाइ सरकारी जागिरकै हुन्छ । करार र अस्थायी जागिर हुनेहरू स्थायीका लागि सक्दो प्रयास गर्छन् । कृषि र पशुपन्छी पालनलाई भने नेपालीहरूले हेला पेशाको रूपमा लिने गरेका छन् । त्यसैले पछिल्लो समय उत्पादनशील […]

जागिर खोज्दा यी कुरामा ध्यान दिनुपर्छ

पढाइ सकियो वा पढ्दै जागिर खान मन छ । तर जागिर कसरी खोज्ने ? कस्तो खोज्ने ? रोजेको जस्तो पाइन्छ वा पाइँदैन ? जागिरको खोजीमा रहेका इच्छुकको मनमा उठ्ने प्रश्न हुन् । जागिर खानलाई पनि एउटा ‘टेक्निक’ चाहिन्छ । उमेर वा अनुभवलाई ध्यान नदिई जागिर खोज्न बजारमा निस्कँदा कठिनाइ हुन सक्छ । तर सोचविचार गरेर […]

पिज्जा खाने जागिर, तलब कति ?

संसारमा सबै मानिसको चाहना हुन्छ कि आरामको जागिर होस् जहाँ काम कम र तलब धेरै होस्। तर हालै एउटा यस्तो जागिर खुलेको छ जहाँ काम छँदैछैन तर पैसा नै पैसा छ । त्यो जागिरमा कामको नाममा केवल खाने काम छ । खाने कुरा पनि कुनै मन नलाग्ने चिज होइन । धेरै जनाले मन पराउने पिज्जा […]

महिलाहरुको लागि गज्जबको जागिर, पुरुषको बफादारी परीक्षण गर्ने

काठमाडौं । अहिलेको जमानामा मान्छेहरुका लागि आफू सुहाउँदो जागिर पाउन हम्मेहम्मे छ । मानिसहरु जागिर पाउनका लागि ठूलै संघर्ष गर्नुपर्दछ । यही मौकामा ब्राजिलको एक कम्पनीले अनौठो नोकरीका लागि विज्ञापन खुलाएको छ । यो नोकरी केवल महिलाहरुका लागि हो । यो जागिर पाउने महिलाहरुले तलब बापत मोटो रकम कमाउनेछन् । विज्ञापन खोलेको उक्त पदको नाम […]

सरकारी जागिर छाडेर बाख्रापालन

मेलम्ची, ५ असोज । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका […]

सरकारी जागिर छाडेर बाख्रापालन

‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुन् रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका छन् । इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी,

सरकारी जागिर छाडेर पशुपालनमा

तेह्रथुम-धनकुटाका एक युवा सरकारी जागिर छाडेर कृषि कर्ममा लागेका छन् । पढे लेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै महालक्ष्मी नगरपालिका १ का धनबहादुर कटुवाल सरकारी जागिर छाडेर गाईपालनमा रमाएका छन् ।२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । त्यसको केही समयपछि […]

यस्तो पनि जागिर खाने हो!

'तीन महिनाको तलब लाख पनि नभेट्ने। हामी बरू महिनामै लाख कमाउने भयौं। तँ कलेज टपर भएर यस्तो जागिरमा झुण्डिएर बस्नुपर्‍या छ। छाडिदे यस्तो जागिर।'

सरकारी जागिर छाडेर मौरीपालन, गाउँघरमै वार्षिक १३ लाखसम्म कमाइ

सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् । २०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले । पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका...