बागमती प्रदेश सभा अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको १०औं अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको १०औं अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन्। राति नै प्रदेश...

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा अधिवेशन अन्त्य

बागमती प्रदेश सरकारले बागमती प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सभाको अधिवेशन प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेशप्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेशप्रमुखको कार्यालयबाट प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नेसम्बन्धी पत्र आएको जानकारी दिनुभयो । गत मङ्सिर ४ गतेको निर्वाचनपछि प्रदेश सभा गठनसँगै पहिलो अधिवेशन गत पुस १८ बाट सुरु भएको थियो ।