काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन्।लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (बिहीवार) भएको भेटमा दुवैबीच द्विपक्षीय सम्बन्ध‚ आर्थिक सहयोगलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।भेटमा उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको बताए। “जापानले नेपाललाई अनुदान, ऋण, बहुपक्षीय निकायबाट आर्थिक एवं प्राविधिक