सञ्चारकर्मी पटेलमाथि चन्द्रपुर अस्पतालका सञ्चालकद्वारा दुर्व्यवहार

काठमाडौं : रौतहटका क्रियाशील पत्रकार एवं थाहाखबरका जिल्ला सम्वाददाता रुपेन्द्र पटेलमाथि चन्द्रपुर अस्पतालका सञ्चालकद्वारा गरिएको दुर्व्यवहारको सर्वत्र आलोचना र भर्त्सना गरिएको छ।चन्द्रपुर अस्पताल प्रालि रौतहटका सञ्चालक डा सुभाष चौधरीले पत्रकार पटेललाई समाचार प्रकाशन भएको विषयलाई लिएर दुर्व्यवहार गरेका हुन्। गत भदौ २० मा 'बालकको मृत्युपछि चन्द्रपुर अस्पतालमा तोडफोड शीर्षक'को समाचार थाहाखबरमा प्रकाशित भएको विषयलाई लिएर अस्पताल सञ्चालकले पत्रकार पटेललाई धम्क्याएका ह

सम्बन्धित सामग्री

आत्महत्याको ‘कारक’ मानसिक स्वास्थ्य

काभ्रे।  काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा १३ वटा पालिकामा कार्यरत स्वास्थ्य शाखाका प्रमुख, मानसिक अस्पतालका निर्देशक, सञ्चारकर्मी, प्रहरीका प्रतिनिधिहरुले समुदायमा लुकेर बसेका मानसिक रोगका बिरामीहरूको पहिचान, उपचार र पुनर्स्थापनामा जोड दिन आवश्यक रहेको बताए । ‘जिल्लामा […]

सल्यान जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण

सल्यान : नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आफ्नो २७ औं स्थापना दिवस मनाएको छ। उक्त अवसरमा महासंघले जिल्ला अस्पताल सल्यानमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ।२०५२ मंसिर ४ गते हरिशरण आचार्यको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको थियो भने औपचारिक शाखाको मान्यता २०६४ मंसिर २१ गते पाएको थियो।२७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष नवीन पौडेलले सञ्चारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना व्यक्त गरे।नेपालमा लोकतन्त्र, नाग