दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

प्रदेश सरकारले सवारीसाधन दुर्घटनाका कारण घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले बीमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकार मातहतमा रहेका सवारीसाधन दुर्घटनामा परेर घाइते हुने सर्वसाधारणको उपचारमा जटिलता आएपछि सरकारले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । बीमा रकमभित्र उपचारमा समस्या नभएको तर त्योभन्दा बढी खर्च लाग्ने अवस्थामा पीडितले नै खर्च गर्नुपर्दा उपचारमा समस्या आउनसक्ने देखिएकोले सरकारले निर्णय गरेर उपचार खर्च बेहोर्ने व्यवस्था गरेको हो ।

सम्बन्धित सामग्री

उपचार खर्च नपाउँदा बिरामी समस्यामा

मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन्।

उपचार खर्च जोहो गर्न नसक्दा धनबहादुर ओछ्यानमै

कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान परेका छन्।

भरतपुर महानगरले दीर्घरोगीलाई उपचार खर्च दिने, माग्यो बिरामीको विवरण

भरतपुर महानगरले गम्भीर प्रकृतिका दीर्घरोगीहरुलाई उपचार खर्च उपलब्ध गराउने भएको छ। महानगरले आइतबार सूचना जारी गरी औषधि उपचार खर्च उपलब्ध गराउनुपर्ने बिरामीको विवरण माग गरेको छ।

उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने

मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् ।सरकारले गत चैत १३ गते मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले सरकारले स्वीकृत […]

सर्वोच्चले सोध्योः झलनाथलाई उपचार खर्च किन दिएको?

काठमाडौँ – सर्वोच्च अदाललते पूर्वप्रधानमन्त्री खलनाथ खनाललाई राज्यकोषबाट उपचार खर्च दिनुको कारण पेश गर्न आदेश दिएको छ। खनाललाई सरकारले दिल्लीमा उपचार गराउन पैसा दिएको विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो। अघिल्लो सरकारले खनालाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो। अधिवक्ता विमल पोखरेलले दायर गरको रिट निवेदनमाथि सुनुवाई गर्दै […]

झलनाथ खनालको उपचार खर्च फिर्ताकाे माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गर्नुभएको हो । खनालले आफ्नो स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु गैरकानुनी हुने भन्दै सरकारले दिएको उपचार खर्च […]

खनालको उपचार खर्च सरकारले व्यहोर्ने, पहिले जस्तै अस्वीकार होला ?

ओली नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथा खनालको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिंदा खनाल परिवारले त्यसलाई अस्वीकार गरेको थियो । अहिले खनालको पनि बलजोडमा गठन भएको देउवा नेतृत्वको सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेपछि पहिले जस्तै अस्वीकार होला कि स्वीकार गर्लान् भन्ने प्रश्न उठेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले …

झलनाथ खनालको सबै उपचार खर्च एमालेले बेहोर्ने

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालको सवै उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले नेता खनालको सवै उपचार खर्च बेहोर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।नेता खनाल दुई सातादेखि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् ।बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

एमालेले झलनाथ खनालको उपचार खर्च बेहोर्ने

काठमाडौं / वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक समितिकाे बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च पार्टिले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको उपचार भइरहेकाे छ । The post एमालेले झलनाथ खनालको उपचार खर्च बेहोर्ने appeared first on Purbeli News.

एमालेले नेता खनालको उपचार खर्च बेहोर्ने

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् ।