प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् । राति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । टोटेनहमका ह्यारी केन र एभर्टनका गिल्फी सिगुर्डसनले दुई/दुई गोल गरे । टोटेनहमका केनले २७ औं र ६८ औ मिनेटमा तथा सिगुर्डसनले ३१ औं र ६२ औं मिनेटमा गोल गरेका हुन् । बराबरीसँगै टोटेनहम ३२ खेलमा ५० अङ्क जोडेर सातौं स्थानमा रहेको छ । एभर्टनले ३१ खेलमा ४९ अङ्क जोडेको छ । एभर्टन आठौं स्थानमा रहेको छ ।  

सम्बन्धित सामग्री

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै

काठमाडौं, मंसिर ३० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ । त्यस्तै, सवा ११ बजे बर्नली र एभर्टन खेल्नेछन् ।

इंग्लिस प्रिमियर लिगमा रेलिगेशनको भिडन्त रोचक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशनको भिडन्त रोचक बन्दै गएको छ । लिगमा तीन चरणका खेलहरु मात्रै बाँकी रहँदा लेष्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्पटन तालिकाको पुछारमा रहेका छन् । सोमबार राति भएको खेलमा ब्राइटनलाई ५–१ ले पराजित गर्दै एभर्टन भने रेलिगेशन क्षेत्रभन्दा माथि १७ औं स्थानमा उक्लिएको छ । ब्राइटनको मैदानमा भएको खेलमा […]

प्रिमियर लिगमा सात खेल हुँदै

लामो समय विश्राममा रहेको इङ्ग्लिस प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरु बक्सिङ डेसँगै सुरु हुने भएको हो । पहिलो दिन सात खेलहरु हुनेछन् ।साँझ सवा ६ बजे ब्रेन्टफोर्ड र टोटनहम भिड्दैछन् । यसैगरी पौने ९ बजे चार खेलहरू हुने तालिका छन् । लेस्टर सिटी र न्युक्यासल युनाइटेड, एभर्टन र उल्भ्स, क्रिस्टल प्यालेस र फुलहम तथा साउथह्याम्पटन र ब्राइटनबीच एकै समयमा प्रतिस्पर्धा हुनेछ । यसैगरी सवा एघारबजे एस्टन भिल्ला र लिभरपुलबीच प्रतिस्पर्धा हुँदा पौने दुई बजे आ

इंग्लिस प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा बेलुका सवा पाँच बजे लिभरपुल र एभर्टन खेल्दैछन् । त्यस्तै शनिबार नै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ । यी […]

इंग्लीश प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले ४६ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे छ । यो जितसँगै लिग तालिकाको रेलीगेशन क्षेत्रमा संघर्षरत एभर्टनलाई केही राहत मिलेको छ । ३३ खेलबाट ३२ अंक जोडेको एभर्टन तालिकाको १८ औं स्थानमा […]

इंग्लीश प्रिमियर लिगमा एभर्टन पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले हराएको छ । लिभरपुलको मैदानमा आइतबार राति भएको मर्सिसाइड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एन्ड्रीउ रोबर्टसन र डिभोक ओरीगीले एक एक गोल गरेका हुन्। जितसँगै लिभरपुलले उपाधि दावेदारी बलियो पार्दा पराजित टोली एभर्टन भने रेलीगेशन क्षेत्रमा झरेको छ । सिजनमा ६ खेल मात्रै बाँकी छँदा […]

प्रिमियर लिगमा दर्शकले आफैंलाई पोस्टमा बाँधेपछि..

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टन र न्युकासलबीचको खेलमा एक दर्शकले आफैंलाई पोस्टमा बाँधेपछि खेल ७ मिनेट रोकिन पुगेको छ । दोस्रो हाफको ५७ औं मिनेटमा बेलायती सरकारको विरुद्धमा उत्रेको ‘जस्ट स्टप ओइल’ नामक संस्थाका २१ वर्षीय लुइसले आफैंलाई पोस्टमा बाँधेका थिए । उनले घाँटीमा प्लास्टिकको लकलाई पोस्टमा लगाएका थिए । उनलाई त्यहाँबाट निकाल्न […]

इंग्लिस प्रिमियर लिगमा एभर्टनको सहज जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जीत निकालेको छ। शनिबार भएको खेलमा एभर्टनले लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको हो । यस जीतसँगै एभर्टनले २२ खेल २२ अंक जोडेको छ । एभर्टन १६ औं स्थानमा रहेको छ । लिड्स २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ । अर्को खेलमा ब्राइटनले वाट्फोर्डलाई २-० ले हराएको छ । ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेको छ ।

इङ्ग्लिस प्रिमियर लिगमा एभर्टन छैठौं र एस्टोन भिल्ला आठौँ स्थानमा प्रवेश

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन छैठौं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै एभर्टन छैठौं स्थानमा उक्लिएको हो । यस्तै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनललाई १–० गोल अन्तरले पराजित गर्दै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको हो । गएराति भएकाे अर्काे खेलमा बर्नली र ब्राइजटोनले १–१ गोलको बराबरी खेलेका छन् भने फुलह्याम र वेष्ट ह्यामबीचको खेलमा दुवै समूहले गोल गर्न सकेनन् । अतिरिक्त समयमा पनि यी दुई समू...