गाउँमा उत्पादन भएको बेसारले बजार नपाएको किसानहरुको गुनासो

बहुउपयोगी बालिको रुपमा प्रयोग हुने बेसारले बजार नपाउँदा बागलुङका किसानहरु निरास बनेका छन । जिल्लाको बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, विहुँ र गलकोट क्षेत्रमा उत्पादन भएको बेसारले बजार नपाउँदा किसानहरु बारीमै...

सम्बन्धित सामग्री

कालीमाटीमा ठाउँ नपाएको किसानको गुनासो

नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो तरकारी उत्पादक किसान सङ्घ नेपालले गरेको छ । किसानले दुःख कष्ट गरेर तरकारी उत्पादन गरेका हुन्छन् तर आफ्नै बजारमा ठाउँ नपाएको सङ्घले पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ । सङ्घका अध्यक्ष माया केसीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गुनासो गर्दै नेपाली किसानले उत्पादन गरेको तरकारी कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रवेश नपाएको दाबी गर्नुभयो । भारतको तरकारीले बजार ओगटेको छ भने नेपाली किसानको तरकारी सडकमा फ्यालिएको उहाँले बताउनुभयो ।

मूल्य नपाएर गोदाममै थन्कियो १५ लाखको मह

दाङ :  शान्तिनगर गाउँपालिका ५ रगैजाका सञ्जय भण्डारीले आफूहरूले उत्पादन गरेको मौरीको महले बजार नपाएको गुनासो गरेका छन्। गत वर्ष उत्पादन भएको करिब डेढ टन मह अहिले पनि गोदाममै थन्काएर राखेको उनले बताए।उनका अनुसार व्यावसायिक रुपमा मौरीपालन गर्न लागेको करिब १८ वर्ष भयो। विगतका वर्षहरूमा राम्रै भए तापनि २- ३ वर्षदेखि महले बजार पाउन सकेको छैन्।उनले भने, ‘पहिला जति मह उत्पादन भए पनि राम्रोसँग बिक्री  हुन्थ्यो। तर, अहिले भारतबाट आउने महलगायत अन्य कारणले राम्रो मूल्य नपाउँदा मह गोदाममै थन्

भुक्तानी नपाएको भन्दै चितवनका किसानले सडकमा पोखे दूध

चितवन । दूध विक्री नभएको र विक्री भएको दूधको भुक्तानी नपाएको भन्दै चितवनका किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । जिल्लाका ११५ भन्दा बढी दुग्ध सहकारी आवद्ध संस्था चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा दूध किसानले केन्द्रीय बस टर्मिनल चोक, भरतपुरमा विरोध गरेका हुन् । संघका अध्यक्ष किशोर बगालेले किसानले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतलाई पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले आन्दोलनस्वरूप दूध पोखेको बताए । किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।  दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित बनेका संघका अध्यक्ष बगालेको भनाइ छ । जिल्ला प्रशासन कार्यालय चितवनमा प्लाकार्ड प्रदर्शन र नारा–जुलुससहित गएको समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत केन्द्रीय बसपार्कमा दूध पोखेको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीले ४० हजारभन्दा बढी पशुपालक किसानले करीब २२ करोड रुपैयाँ भुक्तानी नपाएकोले आन्दोलन गर्नुपरेको बताए । चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्लाबाहिर खपत हुँदै आएको छ । अधिकारीका अनुसार बक्यौता माग्दा दूध उद्योगले खरीदसमेत नगरेको किसानको गुनासो छ । चितवनका केही दूध सहकारीले साउनदेखिकै भुक्तानी नपाएको उनले बताए ।   सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)सहित देशभरिका प्रायः निजी डेरी उद्योगले चितवनबाट दूध खरीद गर्दै आएका छन् । भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा भेला भएका किसानले नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि बसपार्क चोकमा कोण सभा गरेका उनीहरूले सांकेतिक विरोधस्वरूप सडकमै दूध पोखेका हुन् ।

सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य

गजुरी (धादिङ)– सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य भएका छन् । आलु उत्पादन बढे पनि सडक सुचारु नहुँदा बजार नपाएको गुनासो किसानहरुको छ । किराञ्चोकमा आलुको उन्नत बीउ भित्रयाएपछि यस वर्ष ४ सय टन आलु फलेको अगुवा कृषक सोनामसिंह रुम्बाले बताए । ‘२ सय ९ टन बिक्री गरिसकेको र अझै १५ टनजति […]

तुर्माखाँदवासीका दुःख : बारीभरि सुन्तला, तर बजार छैन

सुर्खेत । अछामको पूर्वी दक्षिण भागमा पर्ने ‘चिसी गाउँ’ सुन्तला उत्पादनका लागि निकै प्रख्यात ठाउँ हो । यहाँ लामो समयदेखि नै प्रशस्त सुन्तला उत्पादन हुने गरेको छ । तुर्माखाँद गाउँपालिका–४ अन्तर्गत पर्ने यो गाउँका अधिकांश

गाउँमा उत्पादित आलुले पाएन बजार

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको गुनासो कृषकहरूले गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गतेदेखि लागू भएको निषेधाज्ञाका डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार पाउन नसकेको हो ।      मङ्सिर, पुसमा आलु रोपेर जेठ–असारमा बारीमा आलु फलेको भए पनि विक्रीका लागी बजार नपाएर कुहिएर खेर जाने अवस्था रहेको डाडाफयाँ गाउँका किसान जुनकला शाहीले गुनासो गरिन् । ‘सिमकोट बजारमा आलुले राम्रो मूल्य पाउनुका साथै विक्री पनि हुन्छ, तर निषेधाज्ञाका कारण सिमकोट जान नपाउँदा गाउँमा उत्पादित आलु खेर जाने अवस्था छ,’ उनले भनिन् । स्थानीय स्तरमा पर्याप्त मात्रामा आलु उत्पादन गरिए पनि उक्त आलुले बजार नपाएको किसानले बताउने गरेका छन् । निषेधाज्ञाका कारण किसानले उत्पादित आलु विक्रीका बजार पुर्‍याउन सकेका छैनन् । जिल्लामा उत्पादित नयाँ आलु किसानले प्रतिकिलो १५० रुपैयाँसम्म बेच्ने गरेका थिए । तर यो वर्ष विक्री गर्न नपाएपछि अन्य उपभोग्य वस्तु किन्न नसकिएको गुनासो किसानको छ । जिल्लामा व्यावसायिक किसानले वर्षको दुईपटक आलु उत्पादन गर्ने गरेका छन् ।      नेपालगञ्ज, सुर्खेतबाट दैनिक सिमकोट आउने सीता, समिट, तारा एयरलाइन्सले उपभोग्य सामग्री, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खाद्यान्न ढुवानी, कार्गोलगायत विकास निर्माणका सामाग्री ढुवानी गरे पनि तरकारी आउनै छोडेको व्यापारीले बताउने गरेका छन् । अन्य सामग्री नियमीत ढुवानी हुन दिए पनि कोरोना संक्रमणको त्रासका कारण जिल्ला बाहिरबाट आउने मासु, फलफूल र तरकारीमा रोक लगाइएको छ । जिल्ला बाहिरबाट तरकारी नआउनु, जिल्लामै किसानले उत्पादन गरेको आलु लगायत तरकारी सिमकोटमा नपुग्दा तरकारीको अभाव भएको छ । रासस

गाउँमा उत्पादित आलुले पाएन बजार

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको गुनासो कृषकहरूले गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गतेदेखि लागू भएको निषेधाज्ञाका डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार पाउन नसकेको हो । रासस

मूल्य बढाउन सुन्तलाको सुरक्षित भण्डारण

गलकोट । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्र्दभमा यहाँका

तनहुँमा उत्पादित कागतीले बजार पाएन

तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो ।

आलुले बजार नपाउँदा चिन्ता

रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१३ मा उत्पादित आलुले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । उत्पादनको हिसाबले उत्कृष्ट मानिएको वडाको काउलेचौर, बाहुनचौरलगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो छ ।