लुम्बिनी प्रदेशसभा : दुई विधेयक पेश, एक विधेयक फिर्ता

दाङ : लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको शनिबार बसेको बैठकमा दुईवटा विधेयक पेश भएका छन् भने यसअघि पेश भएको एउटा विधेयक फिर्ता भएको छ।बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियमको १०७ उपनियम २ बमोजिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए।यस्तै स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियमको १०७ उपनियम १ बमोजिम स्वास्