काठमाडौं। नेपाली कांग्रेसका उपसभापति तथा महामन्त्रीहरू सोमबार साँझ जिल्ला सभापतिहरूसँग भर्चुअल छलफलमा जोडिए। जेन-जी प्रदर्शनपश्चात् पार्टी कसरी अघि बढ्छ भन्ने अन्योलबारे केन्द्रीय नेतृत्वले जिल्ला सभापतिहरूसँग छलफल गरेका थिए। बैठकमा सहभागी बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दका अनुसार पार्टीभित्र विभिन्न विषयमा बहस र छलफल भए। सोमबार साँझको बैठकमा संविधान दिवसको बारेमा पनि छलफल भएको ताप्लेजुङ जिल्ला सभापति […]
काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो धक्का नेकपा एमालेले ब्यहोरेको छ । सत्ताको नेतृत्व गरेको दल संसारकै छोटो आन्दोलनबाट अर्धभूमिगत अवस्थामा पुग्नुपरेको छ। एक झट्कामा प्रधानमन्त्रीको कुर्सीबाट शिवपुरी पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अझैसम्म सार्वजनिक हुन सकिरहेका छैनन् । सोमबार मात्रै एमाले केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेल […]
काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ । मंगलबार विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको बताएका हुन् । उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि […]
काठमाडौं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्नुभएको छ । गृहमन्त्री अर्यालले मंगलबार उक्त कार्यालयको अनुगमन गर्नुभएको हो । कार्यालयको अनुगमन गर्दै उहाँले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताउनुभयो । सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध भएको […]
काठमाडौं– यही भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनःनिर्माणमा स्थानीयवासी जुट्न थालेका छन् । कोटेश्वरको नरेफाँटस्थित कोटदेवी विद्यानगर समाज सुधार समितिको संयोजनमा प्रहरी चौकी नरेफाँटको पुननिर्माण सम्पन्न भएको छ । समितिले एक थान मोटरसाइकल समेत हस्तान्तरण गरेको छ । यस्तै, बसुन्धरास्थित प्रहरी प्रभागको भवनसमेत पुननिर्माण गर्न थालिएको […]