कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध

कालिकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन्। २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो। २०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ छ। पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ।