सभामुख घर्तीद्वारा सानीभेरीमा मोटरेबल पुल उद्घाटन

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका ६ र ३ लाई जोडने गरी सानीभेरी नदीमा निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गरिएको छ । ६ वर्षपछि पूर्णता पाएको ८० मिटर लामो मोटरेबल पुलको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बिहीबार उद्घाटन गरेका हुन् । पुल उद्घाटन गर्दै सभामुख घर्तीले संघीयताको धर्म र मर्मअनुसार विकास निमार्णका काम भइरहेको बताए । उनले    स्थानीय, प्रदेश र संघीय सरकारले जनताका समस्या सम्वोधन गरिरहेको बताए ।२०७३ असार ३१ मा सम्झौता भएको उक्त पुल निर्माणको काम २०७५ असार ३० मा सम्पन्न ग

सम्बन्धित सामग्री

सोलुको माप्य दुधकोशी-२ मा बन्यो मोटरेबल पुल

काठमाडौं : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा ३ करोड २८ लाखमा मोटेरबल पुल निर्माण सम्पन्न भएको छ।आइतबार एक कार्यक्रमबीच  १८ मिटर लामो मोटरेबल पुल उद्घाटन भएको हो। पुलको उद्घाटन प्रतिनिधि सभा सदस्य मानवीर राईले गरे। कार्यक्रममा पूर्वविदेशमन्त्री बुद्धिकुमार राजभण्डारीको पनि उपस्थिति थियो। मोटरेबल पुलको उद्घाटनसँगै तरकारी मासुजन्य खाद्य सामग्री, पर्यटन र आर्थिक उन्नति हुने विश्वास दुवै गाउँपालिकाको छ।खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले आगामी दिनमा ग

एमाले उपाध्यक्ष पौडेलद्वारा मोटरेबल पुल उद्घाटन

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गृह जिल्ला रुपन्देही आएर बुटवल-सैनामैना जोड्ने दानव नदी पुल (कर्साघाट) को उद्घाटन गरेका छन् । बुटवल-१५ र सैनामैना-१ लाई जोड्नेगरी १२७ मिटर लामो पुलको एमाले उपाध्यक्ष पौडेलले उद्घाटन गरेका हुन् । ११ मिटर चौडा रहेको उक्त पुल ३ वटा स्ल्याबमा पाइल फाउन्डेसन प्रविधिमा निर्माण गरिएको...

प्रधानमन्त्री देउवा पूर्वी नेपाल जाँदै, उद्घाटन र शिलान्यासमा व्यस्त

प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घाटन गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका(१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको योजना समयमै सम्पन्न गरिने : मन्त्री कार्की

संखुवासभा : प्रदेश सरकारले सञ्चालन गरेको योजना समयमै सम्पन्न गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले बताएका छन्।चैनपुर नगरपालिका र पाँचखपन जोड्ने नवनिर्मित हेवा खोलामा निर्मित पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकारका हरेक आयोजना समयमै सम्पन्न गर्न आफूहरू प्रतिबद्ध भएको बताए।खाँदबारी–बडरेनी–चैनपुर जोड्ने हेवा खोलाको पक्की पुल प्रदेश सरकारको लगानीमा निर्माण भएको हो। प्रदेश सरकारले सडक पुल जस्ता योजना पहिलो प्राथमिकतामा राखेको बताए।कार्की मोटरेबल पु

दुई मोटरेबल पुल उद्घाटन

पर्वतका दुई खोलामा निर्मित मोटरेबल पुलको एकै दिन उद्घाटन गरिएको छ । कुश्मा नगरपालिका–३ मा रहेको अम्बोटखोला र मोदी गाउँपालिका–६ तिलाहारस्थित रतिखोला पुलको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले उद्घाटन गरे ।

एकै दिन पर्वतमा दुई मोटरेबल पुल उद्घाटन

पर्वतका विभिन्न ग्रामिण सडकमा पुग्ने दुईवटा मोटरेबल पुलको आइतबार एकै दिन उद्घाटन भएको छ । १० करोड ४६ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको मोदीखोला गाउँपालिका– ३ को रतीखोला पुलको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र चार करोड १८ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको कुश्मा नगरपालिका– ३ अम्बोटखोला पुलको भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले उद्घाटन गर्नुभएको थियो । अम्बोटखोलामा निर्माण भएको पुलले मोदी गाउँपालिका– ५ अम्बोट र कुश्मा नगरपालिका– ३ दुर्लुङ तथा रतिखोलामा निर्माण भएको पुलले मोदी गाउँपालिका– ६ तिलाहार र वडा नं. ७ र ८ को राम्जा र चित्रेलाई जोड्छ । दुई पुलको उद्घाटनपछि आयोजित सभामा राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माण व्यवसायीले समयमै पुल निर्माणको काम सकेर उदाहरणीय भएको बताउनुभयो ।

बुल्दी खोलाको पुल उद्घाटन त्रुटिपूर्णः नेकपा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ।

पौडेल तीन घण्टा प्रहरीको नियन्त्रणमा

विवादको चुरो हो–बनिसकेका दुईवटा मोटरेबल पुल उद्घाटन गरेर आफ्नो पहलमा काम भएको देखाउन कांग्रेस र नेकपाबीच हानथाप चल्नु । त्यही हानथापले गर्दा बुधबार दिनभर तनहुँको मुकाम दमौली तनावग्रस्त बन्यो ।