समानुपातिक तर्फका मतपत्र सबै जिल्लामा पुग्यो

निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र सम्पूर्ण जिल्लामा पुर्याएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र पुर्याइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।   यस्तै निर्वाचनका लागि चाहिने ६० प्रकारका निर्वाचन सामग्रीहरू ६५ जिल्लामा पुर्याइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम ६० प्रतिशत सकिएको अर्यालले बताए । छापिएको मतपत्र ढुवानीको काम पनि सुरु गर्न लागिएको छ । आयोगले छिट्टै

सम्बन्धित सामग्री

सुदूरपश्चिमका ८ जिल्लामा प्रत्यक्षतर्फको मतपत्र पठाइयो

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र आज सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा पठाएको छ। कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा आइतबार बिहान प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र पठाइएको हो । यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र पनि पठाइएको आयोगले जनाएको छ । आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभातर्फ १ […]

६० जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी

काठमाडौं, कात्तिक ६ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी […]

६० जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी गरिनेछ । […]

मतपत्र आज साँझसम्म सबै जिल्लामा पुग्ने

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र शुक्रबार सबै जिल्लामा पुग्ने भएको छ।निर्वाचन आयोगले मधेसबाहेकका जिल्लाको मतपत्र ढुवानी सकिएको जानकारी दिएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले मधेसका जिल्लामा शुक्रबार साँझसम्म मतपत्र पुग्नेगरी ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए।आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दि

आज बेलुकासम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने

काठमाण्डाै - निर्वाचन आयोगले आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी हुने जनाएको छ । मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले हिजो पालिका चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको जनाएको थियो । यसपालि दुई करोड सात लाख चार हजार मतपत्र छापिएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नु परेकाले यसअघिको लक्ष्यभन्दा धेरै छपाइ भएको आयोगका प्रवक्ता पौडेलले ब...

मतपत्र पुग्यो ६० जिल्लामा, तराईका १७ जिल्लामा बाँकी

काठमाडौं : निर्वाचन आयोगले आइतबारसम्म ६० जिल्लामा मतपत्र पठाइसकेको जनाएको छ। आयोगका अनुसार अब १७ जिल्लामा मात्र मतपत्र पठाउन बाँकी छ। आयोगका अनुसार सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्रलगायत सरसामग्री पठाउन तयारी अवस्थामा रहेको र सोमबार बिहान पठाइनेछ।  आयोगले वैशाख १७ गतेसम्म ९१ लाख ११ हजार मतपत्र ४९ जिल्लाका लागि पठाइसकेको र १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि पठाइसकेको जनाएको छ। आयोगका अनुसार मधेश प्रदेशका ८ जिल्ला, प्रदेश १ का मोरङ, बागमती प्रदेशको

१७ जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसैसातामा पठाइनेछ ।वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ । बाँकी रहेका जिल्लामा मधेश प्रदेशका आठ, प्रदेश नं १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुर छन् ।कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङब

४९ जिल्लामा मतपत्र ढुवानी, आज लुम्बिनीका १२ जिल्लामा पठाइँदै

स्थानीय तह सदस्य निर्वाचनका लागि ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीका पोखरा महानगरबाहेक सबै स्थान, बागमतीका ५ जिल्लामा मतपत्र पुगिसकेको छ ।आज लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी र

९३ प्रतिशत मतपत्र छपाइ सकियो, ४३ जिल्लामा ढुवानी

वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । हालसम्म  ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ ।

सबै जिल्लामा फरक-फरक मतपत्र

काठमाडौं, चैत १३ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो । आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र […]