गरिब देशलाई एक अर्ब डाेज काेराेना खाेप उपलब्ध गराउन जी–७ का नेताहरू सहमत

काठमाण्डाै – विश्वका धनी तथा औद्योगिक राष्ट्रहरूको समूह जी–७ राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब डोज बाँड्ने घोषणा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी–७ राष्ट्रका नेताहरू आउँदो वर्षसम्ममा एक अर्ब डोज खोप बाँड्न सहमत भएकाे जानकारी दिनुभएको हो ।  यस्तै उनीहरूले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–७ ले पास गरेको बीबीसीले जनाएको छ ।  ...