ललितपुर महानगरले गर्‍यो सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत

काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा महानगरपालिकाले बिहीबार आफ्नो क्षेत्रमा रहेका विद्यालयबाट २०७८ सालको माध्यामिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई नगद पुरस्कार वितरण गरेको छ । महानगरपालिकाले सुजाता ठाकुर, समृद्धि मैनाली, उन्नती निरौला र आशिश श्रेष्ठलाई नगदसहित पुरस्कृत गरेको हो । उत्कृष्ट […]

सम्बन्धित सामग्री

समाधान कि निर्देशन ?

काठमाडौं उपत्यकामा नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यकामा खानेपानी लिमिटेड, नेपाल टेलिकम, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यकाका विभिन्न स्थानीय तहबीच समन्वय नहुँदा नागरिकले निकै सास्ती भोग्नु परिरहेको छ । समस्याको गाँठो फुकाउनतिर नलागेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल सडक सुधार गर्न निर्देशन दिएका छन् । वास्तवमा विकास निर्माणका कार्यसँग सम्बद्ध यी निकायले एकअर्कालाई सहयोग गर्नुभन्दा आआफ्नै तरीकाले काम गर्न बढी सक्रिय हुँदा समस्या बढेको हो ।  यो समस्या समाधान गर्न पटकपटक पहल भएर सबै निकायसँग बैठक गरिए पनि समन्वयात्मक ढंगले काम हुन सकेको छैन । महानगरले सडकपेटी बनाउने र त्यसमा प्राधिकरणले तार बिच्छ्याउन खनिहाल्ने, तार बिच्छ्याएपछि त्यसको पुनर्निर्माणमा वास्ता नगर्ने प्रवृृत्ति छ । नेपालमा दण्डहीनता मौलाउँदै गएको छ । समस्या समाधान गर्नेभन्दा पनि एकले अर्कोलाई गल्ती देखाउने प्रवृत्ति हावी छ । जिम्मेवारी पाएकाहरू नै कामबाट पन्छिन अनेक बहाना गर्ने गर्छन् । अधिकार र जिम्मेवारीको सही बाँडफाँट नहुनु तथा त्यसको बोध नहुनु समस्याको जड हो । जति नै गल्ती गरे पनि अर्को पक्षलाई दोष थोपरेर आफू चोखो बन्ने प्रवृत्ति हाबी भएकाले समस्या समाधान हुनभन्दा गुजुल्टो परेर जेलिन थालेको छ ।  नेतृत्वको सफलता समाधान दिएर कामलाई अघि बढाउनु हो । तर, नेपालमा मुख्य जिम्मेवार मानिने मन्त्रीले समाधानका लागि नयाँ उपाय केही पनि ल्याएको देखिँदैन । निर्देशन दिने वा एकाध ठाउँमा आफै गएर काम गरी स्टन्ट देखाउने काम गर्ने गरेको पाइन्छ । समस्याको जडमा पुग्न पर्याप्त अध्ययन जरुरी हुन्छ र कहाँनेर समस्या छ त्यसको समाधान गर्नुपर्छ । यो कामचाहिँ नगरेर निर्देशनमा मात्र रमाउने हो भने समस्या ज्यूँका त्यूँ रहन्छ । जिम्मेवार अधिकारीको लापर्बाहीका कारण राज्यलाई अर्बौंको नोक्सान भइरहेको छ । जिम्मेवारी पुरस्कृत हुनुपर्ने हो । लापरबाही दण्डित हुनुपर्ने हो । तर, जोखिम लिएर कसैले सक्रियता देखाए विधि र प्रक्रियाका नाममा दण्डित गरिन्छ, कामै नगर्नेलाई भने केही पनि गरिँदैन । त्यसैले निर्देशनको भारी बोकाउनुभन्दा काम गर्न बाध्य पार्ने खालको नीतिगत र प्रक्रियागत व्यवस्था बनाउनु आवश्यक छ ।

विराटनगर महानगरपालिका पुरस्कृत

विराटनगर । संघीय स्वास्थ्य मन्त्रालयले विराटनगर महानगरपालिकालाई पुरस्कृत गरेको छ । सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्दै मन्त्रालयले सरकारी संयन्त्रतर्फ पुरस्कार प्रदान गरेको हो । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका मेयर नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मेयर कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गरेका थिए । ‘सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै कानून कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,’ मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।  मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगत रूपमा समेत अध्ययन गरेको र महानगरले अघि सारेको अभियान निकै प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले बताए । मेयर कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।  अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवनमा महानगरले रोक लगाएको उनले बताए । स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पुरस्कारको श्रेय उनले विराटनगरवासीलाई दिएका छन् ।  मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको विक्रीका लागि लिएका अनुमतिपत्र नवीकरण र नयाँ दर्तासमेत नगर्ने जानकारी दिए । कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र विक्रीवितरणको न्यूनीकरण, नियन्त्रण तथा कानुन कार्यान्वयन गरी देशका ७५३ पालिकामात्र नभई मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताए ।

क्रिकेट खेलाडी राजवंशी र कँडेल विराटनगरमा पुरस्कृत

नेपाललाई विश्वकप छनौट प्रतियोगितासम्म पुरयाउन योगदान गरेको भन्दै  विराटनगर महानगरपालिकाले दुई क्रिकेट खेलाडीलाई पुरस्कृत गरेको छ । सहिद रंगशालामा बिहिबार साँझ सम्पन्न विराट गोल्डकपको फाइनल खेलको समापन कार्यक्रममा महानगरले विराटनगर–१४ निवासी...

महानगर दिवसमा ८ विद्यालयलाई उत्कृष्ट पुरस्कार र सम्मान

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालयसहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ । महानगरभित्रका ८ सामुदायिक तथा संस्थागत विद्यालयलाई नगद एक लाखसहित पुरस्कृत गरिएको महानगर शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । काठमाडौं महानगरले सामुदायिकतर्फको एसईईको नतिजाको आधारमा उत्कृष्ट श्रम राष्ट्रिय माध्यामिक विद्यालय कुमारीगाल, कक्षा १२ को […]