स्रोत नखुलेको ८ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

 स्रोत नखुलेको आठ लाखभन्दा बढी रूपैयाँसहित झापा, बिर्तामोड–३ का ३४ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट साहलाई स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको हो ।मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार साहलाई उक्त पैसा लिएर भारततर्फबाट विराटनगरतर्फ आउने क्रममा पक्राउ गरिएको हो । को२९प ८६४० नम्बरको स्कुटरमा सवार साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।