स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौँ, २६ चैत । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ । सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने तय भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । केही समय पहिले चिनियाँ दूतावासका प्रतिनिधि निर्माणस्थल पुगेका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, आयोजना […]

सम्बन्धित सामग्री

अघि बढेन स्याफ्रुबेँसी-रसुवागढी सडकको काम

सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन नसकेको हो ।

अघि बढेन स्याफ्रुबेँसी-रसुवागढी सडकको काम

काठमाडौँ– सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन नसकेको हो ।  भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि र विसं २०७२ को नाकाबन्दीपछि सरकारले उच्च महत्त्वका साथ अघि बढाउने भने […]

सुरु भएको आठ वर्षमा अझै सकिएन गल्छी-मैलुङ सडक

काठमाडौँ– सरकारले व्यापारिक मार्गका रुपमा विकास गर्न खोजेको गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत गल्छीबाट मैलुङसम्मको सडक निर्माण सुरु भएको आठ वर्षमा अझै सकिएको छैन ।  सडक निर्माणका लागि आवश्यक जग्गा उपलब्ध हुन नसक्नु सडक निर्माणको ढिलाइका कारण बनिरहेको गल्छी–त्रिशुली–मैलुङ, स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । योजना कार्यालयका अनुसार स्थानीयले आफ्ना घरटहराको क्षतिपूर्ति बुझ्न मानिरहेका छैनन् ।  पहिलो खण्डमा […]

मैलुङ स्याफ्रुबेँसी सडक अलपत्र

काठमाडाैं । निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा पनि मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडक छेउमा पर्खाल लगाउने बाहेकको अरू काम हुन सकेको छैन । लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा […]

अझै शुरू भएन स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तार

काठमाडौं । निर्माण सम्पन्न गर्ने समय आधा सकिँदासम्म पनि स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम शुरू हुन सकेको छैन । चीन सरकारले स्तरोन्नति गर्ने सो सडक कोभिडका कारण अघि बढ्न नसकेको हो । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजनाको अन्तिम खण्डका रूपमा सो खण्ड रहेको छ । गल्छीबाट स्याफ्रुबेँसीसम्मको सडक नेपाल सरकारले र स्याफ्रुबेँसीबाट रसुवागढीसम्म चीन सरकारले निर्माण गर्ने सहमति भएको थियो । सन् २०१८ अगस्टमा ४० महिनामा सम्पन्न गर्ने चीन सरकारसँग सहमति भएको थियो । चिनियाँ पक्षसँग सम्पर्क भइरहे पनि काम शुरू नगरेको योजनाका सूचना अधिकारी सन्तराम पाण्डेयले बताए । ‘उनीहरूले कोभिडकै कारणले काम गर्न नसकेको बताएका छन्,’ उनले भने, ‘सडक विस्तारका लागि सम्झौता हुँदा नै नेपाल सरकारले निर्माणस्थल खाली गराउने र चिनियाँ टोलीले निर्माण गर्ने सहमति भएको थियो ।’ चीन सरकारको लगानीमा निर्माण हुने र निर्माण व्यवसायी पनि चिनियाँ नै हुने बताइएको छ ।     सरकारले निर्माणस्थल खाली गराउनु पहिले नै चिनियाँ टोली निर्माणका लागि आइपुगेको सूचना अधिकारी पाण्डेयले बताए । निर्माणस्थल खाली नभएकाले उनीहरू तत्काल फर्किएका थिए । ‘त्यसपछि कोभिड शुरू भएकाले फेरि आएका छैनन्,’ सूचना अधिकारी पाण्डेयले भने । दुई वर्षयता सरकारले स्याफ्रुबेँसी–रसुवागढी सडकमा निर्माणस्थल खाली गराइरहेको छ । अधिकांश स्थानमा खाली भइरहेको उनले बताए । टिमुरे र त्यस आसपासका क्षेत्रमा मात्रै मुआब्जा विवादका कारण जग्गा प्राप्त गर्न बाँकी छ । सो स्थानको जग्गा विवाद टुंग्याउन पटकपटक बैठक भए पनि टुंगो लाग्न नसकेको हो । ‘झण्डै ४०० मिटर लम्बाइमा विवाद भएकोमा टुंगो लाग्न सकेको छैन,’ उनले भने । सो क्षेत्रमा सडक निर्माण गर्ने स्थानमा रहेका विद्युत्का खम्बा, घर, टहरा हटाउने काम भइरहेको छ । सार्वजनिक जग्गा नै भएको ठाउँमा समस्या कम भएको उनले बताए । ‘सरकारले निर्माण गर्ने खण्डभन्दा चिनियाँले गर्ने खण्डमा जग्गाको विवाद कम छ ।’      स्याफ्रुबेँसी–रसुवागढी सडक दुई लेनमा विस्तार गर्न लागिएको हो । सात मिटर चौडाइमा एक मिटर नाली निर्माण गरिने योजनाले बताएको छ । अहिले झण्डै पाँच मिटर चौडा छ । एक लेनको सडक भनिए पनि अहिले दोहोरो गाडी सजिलो आवतजावत गरिरहेको सूचना अधिकारी पाण्डेयले बताए । ‘चौडा बढाएर कालोपत्र गर्न लागिएको हो,’ उनले भने । २०७२ सालमा भारतले गरेको नाकाबन्दीको समाधानका रूपमा गल्छीबाट मैलुङ–स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको सडक निर्माणलाई अघि बढाइने योजना बनाइएको छ । २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रूपमा स्थापित गर्ने सरकारको योजना थियो । सरकारले सडक ऐन, २०३१ को दफा ३ को खण्ड ‘ख’ अनुसार यसलाई ‘फिडर रोड’ तोकेर केन्द्रबाट १५/१५ मिटर गरी ३० मिटर कायम गरिएको थियो । योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ । चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्ला पर्छन् । भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरेका छन् । सरकारले यसलाई उत्तर–दक्षिण राजमार्गका रूपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ । स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको सडकको लम्बाइ १७ किमी छ । गल्छीबाटै रसुवागढीसम्मको सडक ८२ किमी छ । योजनाअन्तर्गत ३२ पुल निर्माण गर्नुपर्नेमा आठ पुल निर्माण सम्पन्न भइसकेका छन् भने आठ निर्माणाधीन छन् । रासस

गल्छी–मैलुङ सडक निर्माण एक वर्षमा बल्ल दश प्रतिशत

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ ।  एक्काइस महिनाभित्र पूरा गर्ने...

गल्छी-मैलुङ सडक निर्माण एक वर्षमा १० प्रतिशत मात्रै :: Pahilopost.com

नुवाकोट :  राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ।  २१ महिनाभित्र पूरा गर्ने सम्झौता भएपनि काम सुरु भएको एक वर्षमा १० प्रतिशत विस्तार एवं स्तरोन्नति भएको हो।  पृथ्वी राजमार्गस्थित धादिङको गल्छीदेखि सुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म