मकवानपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडाले गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने निश्चित देखेपछि अत्तालिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन् । मनहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै खतिवडाले एमालेहरूले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठाएको दाबी गरेका हुन् ।‘हिम्मत भए आमनेसामने आऊ, राजाका विरुद्ध, केपीका विरुद्ध लड्ने ज्यान यही हो’, उनले भने ‘राजा पछार्ने, केपी पछार्ने मान्छेलाई यस्ता सानातिना खत्र्याकखुत