काठमाडौं विश्वविद्यालयद्वारा सरकारी निर्णय अटेर गर्दै एमबिबिएसमा बढी शुल्क निर्धारण

डा. गोविन्द केसीले पटक–पटक आन्दोलन गर्दा पनि चिकित्सा शिक्षामा व्याप्त बेथिति अन्त्य हुन नसकेको पछिल्लो उदाहरण एमबिबिएस तथा बिडिएसको पढाइ शुल्कमा देखिएको छ। काठमाडौं विश्वविद्यालय (केयू) ले एमबिबिएस तथा बिडिएसका लागि सरकारद्वारा निर्धारित सीमा अटेर गर्दै नयाँ शुल्क तोकेको छ, जसअनुसार मेडिकल कलेजहरूलाई न्यूनतम १० लाख रुपैयाँदेखि अधिकतम जतिसुकै बढी लिन पाइने गरी खुला छाडिएको…