देउवा र प्रचण्डलाई प्रकाण्डको चेतावनी : एमसीसी पारीत भए आगो बाल्छौं

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ। शनिवार काठमाडौंमा पत्रकार सम्मेलनमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन÷चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताए। उनले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए। प्रवक्ता प्रकाण्डले सरकारले यदि मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनीसमेत दिए।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन संकटमा : देउवालाई अप्ठ्यारो, ओलीलाई सहज

अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले सत्ता गठबन्धनमा पैदा भएको मतभेदले मुलुकको राजनीति तरंगित छ । गठबन्धनभित्रको एमसीसी रोक्ने र पास गर्ने गठबन्धन गलफतीले राजनीति तातेको हो ।सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी कुनै हालतमा पास गर्ने प्रयासमा छ भने माओवादी केन्द्र यथास्थितिमा यसलाई रोक्न चाहन्छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा एमसीसी अगाडि बढाए सरकार छोडिदिने चेतावनी दिएका छन् । यता प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी पा

एमसीसी रोक्न प्रधानमन्त्रीलाई प्रचण्ड दबाब

काठमाडौं । समर्थन फिर्ता लिएमा सरकार ढल्न सक्ने चेतावनी दिएर प्रधानमन्त्रीलाई एमसीसी सम्झौताबाट पछि हट्न बाध्य गराउने माओवादी रणनीति प्रधानमन्त्री शेरबहादुर देउवाको पहलबीच पनि एमसीसी सम्झौता बुधबार प्रतिनिधिसभामा टेबल हुन नसकेपछि गठबन्धन विघटनको डिलमा पुगेको छ । सत्ता साझेदार माओवादी र एकीकृत समाजवादी सम्झौताविरुद्ध मुखर बन्दै गएपछि प्रधानमन्त्री देउवा विकल्प खोज्नुपर्ने अवस्थामा पुगेका छन् । तर, एमालेले […]

सरकार छोड्ने प्रचण्डको चेतावनीपछि ब्याक भए देउवा, आज एमसीसी पेश नगर्ने सहमति

नेकपा (माओवादी केन्द्र)ले सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री शेर बहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सहमत भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भएको छलफलपछि आजको बैठकमा एमसीसी पेश नगर्ने र भोलि गठबन्धनको बैठक बसेर यस बारे निर्णय लिने सहमति भएको हो ।यस अघि  सिंहदरबारस्थित आज बसेको माओवादी केन्द्रको संसदीय दलको  बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने र सहमति बिना संसदमा टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो  । बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो  । बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न गएका थिए। बैठकपछि आज एमसीसी पेश नगर्ने सहमति भएको हो ।  कांग्रेसको संसदीय दलको बैठकले भने हिजो नै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले हिजो नै सभामुख अग्नि सापकोटालाई फोन गरेर एमसीसी संसद पेश गर्ने तयार गर्न भनेका थिए । एमालेले भने आफ्नो माग पुरा नभएको भन्दै आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।संसद बैठक आज दिउँसो १ बजेको लागि बोलाईएको छ ।