गठबन्धनमा शक्ति बाँडफाँडको छलफल : देउवा, प्रचण्ड र माधव सहमति खोज्न बालुवाटारमा

काठमाडौं : सरकार गठनका लागि ३ दिनमात्र बाँकी रहँदा पाँचदलीय सत्ता गठबन्धनमा सहभागी दलहरूबीच शक्ति बाँडफाँडका विषयमा छलफल चलिरहेको छ।छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको दाबी पेश गर्न पुस १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्। सत्ता गठबन्धन दलहरू भने संघदेखि प्रदेशसम्मकै शक्ति बाँ