कट्रिना कैफको विवाहको थप तस्वीर सार्वजनिक

बलिउड अभिनेताहरू कट्रिना कैफ र विकी कौशलको विवाहका तस्वीरहरू धमाधम सार्वजनिक भइरहेका छन् ।  गत बिहीवार विवाहबन्धनमा बाँधिएका कट्रिना र विकीको विवाह समारोह राजस्थानस्थित सवाई माधोपुरमा रहेको सिक्स सेन्सेस किल्लामा भएको थियो ।  कट्रिनाले ताजा तस्वीर आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी हुन् । उनका ६ दिदीबहिनीले उनलाई मण्डपमा ल्याएको तस्वीरमा देखिन्छ । फूलको क्यानोपी कट्रिनाको शिरमाथि उनीहरूले राखेका थिए ।  डिजाइनर सव्यसाचीले बनाएको दुलहीको वस्त्रमा कट्रिना सजिएकी देखिन्छ । उनको लहंगाको सुनौलो जरी ...

सम्बन्धित सामग्री

कट्रिना कैफ र विकी कौशलको विवाहका तस्वीरहरू भाइरल

बलिउड अभिनेताहरू विकी कौशल र कट्रिना कैफको विवाहका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।  बिहीवार उनीहरूले राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्सेस किला बरवाडामा विवाह गरेका हुन् । निकै गोप्य तरिकाले विवाह समारोह सम्पन्न गरिएको थियो । आमन्त्रितहरूलाई सववाह समारोहको खुलासा नगर्ने शर्तमा हस्ताक्षर गर्न लगाइएको थियो र मोबाइल फोन लैजान दिइएको थिएन । विवाहपछि कट्रिना र विकीले हल्दी समारोहको तस्वीर सार्वजनिक गरेका छन् । दुवैजना पहेंलपुर भएर निकै खुशी हुँदै एकअर्कालाई हेरिरहेको तस्वीरहरू भाइरल भएक...