काठमाण्डाै - प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनका लागि बहुमत जुटाउने गृहकार्यमा जुट्नुभएको छ । सत्ता साझेदार दलसँगै विपक्षी एमालेसँगको छलफललाई उहाँले निरन्तरता दिनुभएको छ ।
गठबन्धन भत्किने डरले संसदमा एमसीसी टेबल गर्न सहमति जनाएका माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा पास हुन नदिने अडान छाडेका छैनन् । कांग्रेसले तत्काल अनुमोदन गर्न खोजे पनि माओवादी र एकीकृत समाजवादी संशोधनसहित अनुमोदन गर्नुपर्ने अडानमा छन् ।
एमसीसीको पक्षमा नखुले पनि संसद्को ठूलो दल एमालेले विपक्षमा...