थ्री नेसन्स कपका लागि नेपाली फुटबल टिमको घोषणा

काठमाडौँ। प्रधानमन्त्री थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपाली टोलीको घोषणा गरेको हो। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले सात नयाँ खेलाडीसहित फुटबल टिम घोषणा गरेका हुन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसको सामना गर्दैछ।