अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयलाई लिएर सत्ता गठबन्धन अप्ठ्यारोमा परेका बेला (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।
बुधवार बसेको माओवादी संसदीय दलको बैठकका निर्णय जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।
माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने र जबरजस्ती अगाडि बढाउन खोजे सरकार छाड्ने निर्णय गरेको थियो ।
संसदीय दलको निर्णय प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउने प्रचण्डले बताएका थिए...