भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको निसास्सिएर मृत्यु

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । धनप्रसादसँगै उनकी आमा कोकीला, दिदी नन्दकली र तीन महिनाका छोरा एक्सन भट्टराईको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

ललितपुरका ५ जनाको निसास्सिएर मृत्यु भएको हुनसक्ने निष्कर्ष

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु निसासिएर भएको प्रहरीको निष्कर्ष छ । घरमा सुतिरहेको अवस्थामा आज बिहान ४ जना मृत भेटिएका थिए भने दुइ दिने शिशुको उपचारका लागि पाटन अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । मृत फेला पर्नेहरुमा घरमुली ५५ वर्षीया काँइली स्याङतान उनकी २३ […]

ललितपुरमा निस्सासिएर एकै परिवारका ५ जना मृत फेला, एक घाइते [अपडेट]

काठमाडौं– ललितपुरमा एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका हुन्। गाउँपालिका–४ नल्लुमा रहेकाे एक घरमा मृत भेटिएको हो । प्रहरीकाअनुसार एक घाइते छन् । प्रहरीले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा […]

ललितपुरमा निस्सासिएर एकै परिवारका ५ जना मृत फेला, एक घाइते [अपडेट]

काठमाडौं– ललितपुरमा एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका हुन्। गाउँपालिका–४ नल्लुमा रहेकाे एक घरमा मृत भेटिएको हो । प्रहरीकाअनुसार एक घाइते छन् । प्रहरीले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा […]

कोइला बालेर सुत्दा एकै परिवारका ४ जनाको निसास्सिएर मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु भएको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उहाँकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसाद सहित उक्त निवासमा सात जना थिए । घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिए ।

भेरी अस्पतालको क्वाटरमा बस्दै आइरहेका एकै परिवारका चार जनाको निसास्सिएर मृत्यु

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा कार्यालय सहयोगी पदमा कार्यरत बसेका धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जनाको मृत्यु भएको हो ।

निसास्सिएर एउटै कोठामा सुतेका चार जनाको मृत्यु, तीन जना बेहोस

बाँके, पुस १५ । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो। मृतक भट्टराईकी श्रीमती, अर्काे छोरा र अर्की बहिनी अचेत अवस्थामा भेटिएका छन् । आगो […]